Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Friday, March 8, 2013

फेसन : न्यूयोर्कदेखि जुम्लासम्म

हरिदेवी रोकाया/जुम्ला
८ फेव्रुअरी, २०१३

तीनचार बर्ष पहिले सिंजाकी १६ बर्षिया शारदा पछाइले कसिलो चुज पाइन्ट, छोटो कपडा र अग्लो स्यान्डिल लगाउने थिइनन् । ‘पहिले यस्तो खालको कपडा नै पाइँदैन थियो, यो कम्पीउटरको युग हो । अहिले हरेक कुरा नया“ छन् । यसो गर्न हामीलाई पनि मनपर्छ । मैले कसैको देखासिखी गरेकी होइन यो त समय अनुसार आफै गरेकी हुँ । यस्तो मैले मात्र होइन सबै साथीहरूले गरिरहेका छन्’ जुम्ला सदरमुकाममा बस्दै आइरहेकी कक्षा नौ मा पढ्ने उनले अघि भनिन् “हामी पनि जान्य बुज्ने भैसकेका छौं, कसैले सिकाउनुपर्देन । समय अनुसार चल्न हामीलाई नि आउन्छ अनि आजभोलिको समय पनि त यस्तै छ ।’

आइएड दोस्रँ बर्षमा पढ्दै गरेका जुम्लाका बालकृष्ण विसीलाई पहिले–पहिले आफूले लगाइराखेको जुत्ता, पाइन्ट, ज्याकेट कुन मोडेल र कम्पनीका हुन भन्ने थाहा नै थिएन तर हिजोआज उनी मोडेल र कम्पनीमात्र होइन बजारमा चलेको सबैभन्दा लेटेस्ट मोडल कुन हो भन्ने जानेर त्यही वस्तु मात्र किन्छन् । भन्छन् ‘आजभोली म अलस्टार, एडिडास कम्पनिका जुत्ता मात्र लगाउ“छु अनि पाइन्ट पनि भर्खेरै आएको होस, त्यहि मात्र किन्ने गर्छु । महंगो त धेरै हुन्छ तर नि मलाइ यस्तै मात्र मन पर्छ ।’ बालकृष्ण र शारदा त जुम्लाका जुम्लेली प्रतिनिधि मात्र हुन । त्यहा हिजोआज नया फेसन डिजाइनले पसल ओगटिसकेको छ ।  किन भने सदरमुकाममा पहिले भन्दा यतिबेला अन्य खुद्रा सामान, किराना पसललगायत अन्य पसलको तुलनामा बढि नै संख्यामा फेन्सी पसल स्थापना भएको उद्योग बाणिज्य संघ जुम्लाको भनाइ छ ।

 जिल्लाका युवाहरुको बढ्दो चाहना अनुसारको पसल गर्न प¥यो भनेर भर्खरै मात्र सदरमुकाम जुम्लामा बीएनबी कम्प्लेक्स खोलेका पदम महत भन्छन –‘पहिले खुद्रा सामान बेच्ने पसलले पनि यतिबेला फेन्सी सामान बेच्न थालिसकेका छन् । नया“ खुल्ने मध्ये त सबै फेन्सी पसल मात्र छन् ।’ सदरमुकाममै एकवर्षयता कर्णाली सुज एण्ड सपिङ पसल खोलेर बसेका संचालकद्धय लक्ष्मी खत्री र हरिराम बोहरा यतिबेला राजधानीबाट नया“ ब्रान्डका सामान ल्याउनमा ब्यस्त छन् । लक्ष्मी भन्छन् ‘आजभोली त जुम्लामा देशका ठुला शहरमा जुन न्यू मोडेलका सामान चल्छन, त्यहि मात्र बिक्री हुन्छन् । अनि हामीले पनि त्यस्तै सामान ल्याउने गरिरहेका छौ ।’ उनका अनुसार जुम्लामा  चलेको नाइक, पुमा, शिखर, एसकेवाइ लगायत न्यु ब्रान्डका जुत्ता, पाइन्टमा लिवाइज, थाइ, सिल्सी, जेपलगायत बिक्री हन्छन् । ‘जति महंगो भएपनि युवाहरू किन्नमा पछि पर्दैनन, बरु नया मोडलको भएन भने मात्र बिक्री गर्न गाह्रो हुन्छ ।

काठमाण्डौमा चलेकोसामान हामीकहॉ एकदुइ हप्ताभित्र आइ पुगिहाल्छ’ उनी भन्छन् ।
समयको माग र टेलिभिजन भन्दा पनि जुम्लादेखि बाहिर पढ्न गएका विद्यार्थीबाट नै फेसन भित्रिएको स्थानीय बताउ“छन् । छोराछोरीमा देखिएको परिवर्तनले अभिभावकलाई पनि समस्या पारिहेको छ । जसोतसो अधिकांश घरमुली घरजमिन बेचेर छोराछोरीको भविश्य बनाउन काठमाण्डौ, नेपालगंजतिर पढ्न पठाउ“छन् तर पढ्ने भन्दा बिग्रने चिन्ताले अभिभावकलाई सताइरहने गरेको छ । पछाइ भन्छिन् ‘पहिले–पहिले हाम्रो पालामा बाक्लो ठेटुवाको गावुन, चोेली लगाएको देखिन्थ्यो तर खोइ अहिले त के के लगाउन्छन छोराछोरीको कारणले अविभावकलाई धेरै गाह्रो भइरहेको छ । मलाइ नि यो चिन्ता लाग्छ । छोराछोरीले राम्रो गर्ने हुन कि होइनन् । यति खर्च गप्यो के हुने हुन थाहा छैन ।’ 

‘के गर्नु उताका साथीस“ग संगत गर्नुपर्छ । उनीहरु जस्तो भइएन भने त पाखे भन्छन । फेसन त गर्नु परिहाल्यो नि’ २०६३ सालमा एसएलसी दिएर काठमाण्डौ पढ्न गएका चन्दननाथ गाविस –६ का १९ बर्षिय विन्दुले भने –‘हामी त्यस्तो ठाउमा हुर्केकालाई सुरुमा संगत गर्ने नै गाह्रो हुन्छ । पछि त उनीहरुको उनुसार भएपछि त हरेक काम गर्ने सजिलो हुन्छ’ विन्दुले भने ‘हरेक काम भन्नाले क्याम्पसमा पढ्दा, नास्ता खादा, रमाइलो गर्नुप¥यो भनेसाथी नभै हुदैन, अब हरेक समयमा उनीहरू सगै भइन्छ, भने झै गरिएन र भइएन भने त कसरी काठमाडौ जस्तो ठाउमा बस्ने होइन त ?’ विन्दुले प्रश्न तेर्साए । पाइन्ट पनि कम्मर तल लगाएका २२ बर्षिय इश्वरी खत्री भन्छन् –यत्तिको फेसन गरिएन भने त आफु त एलोन पो भइन्छ त । स्कुल पढ्दाका सम्पुर्ण साथीहरु छुटिसकेका हुन्छन अनि नया साथीहरूसग संगत गर्दा उनीहरूजस्तै हुनु पर्छ । उतातिरको फेसन अनुसार कपडा मात्र लगाइदैन कहिले काहि त उनीहरु संगै चुरोट र वियर पनि खाइन्छा नखाने हो भने साथ नै हुदैन । गुड फ्रेन्डका लागि पनि यस्ता चीज कहिले का“ही खानै पर्छ ।”

जुम्लामा पछिल्ला दिनमा बढ्दै गइरहेको फेसनप्रति प्राध्यापक खत्रीले चिन्ता गरे । अहिले यस्तोे फेसन केटाहरूमा मात्र होइन केटीमा पनि देखिएको छ । दिन प्रतिदिन यसरी बाहिरी संस्कृति भित्रिरहने हो भने’ खत्रीले भने ‘यसले यहा“को कला संस्कृतिलाई समेत धरापमा पारिरहेको छ । यस्तै अबस्था भै रहने हो भने नेपाली खस भाषाको उदगम स्थल जुम्लामा एक दिन मौलिक संस्कृति, भेष भुषा नै लोप हुने देखिन्छ ।” जिल्लामा छाडा संस्कृति भित्रिएको छ । त्यस्तै आजकालका अधिकांश युवा युवतीहरुको बढ्दो फेसनले गर्दा नै चोरी, डकैती, यौनजन्य घटनाहरु बढेको अधिबक्ता विष्णु तिमिल्सेनाको भनाइ छ । जुम्ला सदरमुकाममा अहिले २–२ वटा ब्युटी पार्लर छन् । बागेश्वरी ब्युटी पार्लरकी संचालक राधा बुढाले भनिन् ‘पहिले त पार्लरमा कोहि नि आउ“दैन थिए तर अहिले त दिनमा १५–२० महिला आउने गर्छन् ।’ यसले पनि के प्रष्ट पार्छ भने प्राकृतिक सौन्दर्यको मात्र थाहा पाएका यस क्षेत्रमा पनि दिन प्रतिदीन फेसनले ठाउ ओगट्न लागिसकेको छ ।

No comments:

Post a Comment