Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Monday, March 4, 2013

मन्त्री बन्नेको लाइन यस्तो छ

विष्णु शर्मा
४ फेव्रुअरी, २०१३


Ex-chief secretary Madhav Prasad Ghimire
यदि प्रधानन्यायाधीश (सीजे) नेतृत्वको सरकार बन्यो भने बन्ने नयाँ मन्त्रीहरूको चर्चा सुरु भएको छ । कतिपयको नाम राजनीतिक दलभित्र पनि छलफलमा छ भने कतिपयले आफै चर्चा चलाएका छन् । आफूलाई चुनावी परिषदको सदस्य बनाउन सिफारिस गर्न भन्दै कतिपय व्यक्तिहरू निरन्तर शक्तिकेन्द्रमा धाइरहेका छन् । अन्तरिम चुनावी परिषदको सदस्य बन्ने दौडमा रहेकाहरू पार्टी कार्यालयदेखि शीतल निवाससम्म र विभिन्न दुतावाससम्म धाएका छन् । राजनीतिक नेतृत्वबीच पनि अनौपचारिक रुपमा केही नामबारे छलफल भैरहेको स्रोतको भनाइ छ । सीजेले आफ्नै स्वतन्त्रतामा मन्त्रीपरिषदका सदस्यहरू छान्न पाउने अडान राखिरहँदा दलहरूले भने भागबन्डामै गोप्यरुपमा आफू नजिकका मन्त्री छनौट गरिसकेको बुझिएको छ ।

पूर्वमुख्यसचिवत्रय माधवप्रसाद घिमिरे, विमल कोइराला र तीर्थमान शाक्य, पूर्वनिर्वाचन प्रमुख आयुक्त भोजराज पोखरेल, पूर्वअर्थसचिव रामेश्वर खनाल र पूर्वकानुनसचिव माधव पौडेलको नाम छलफलमा छ । त्यस्तै, पूर्वडेपुटीगभर्नर कृष्णबहादुर मानन्धर, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा, चिकित्सक डा. सुन्दरमणी दीक्षित, पूर्वराजदूत डा. लोकराज बराल र पूर्वनिर्वाचन आयुक्त डा. वीरेन्द्र मिश्रको नाम शक्तिकेन्द्रमा चर्चामा छ । प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिन नहुने भन्दै नागरिक समाजको नाममा आएको एक विज्ञप्तीमा डा. मिश्रको नाम पनि थियो । पूर्वसचिव जनकराज जोशी, पूर्वन्यायाधीश राघवलाल वैद्य, संसद सचिवालयका पूर्वमहासचिव सूर्यकिरण गुरुङ र पूर्वनिर्वाचन आयुक्त उषा नेपालको नाम पनि छलफलमा छ ।

सहमतिको मस्यौदा तयार पार्ने जिम्मा पाएको चारदलीय कार्यदलले सरकार प्रमुखसहित मन्त्रिपरिषद सदस्यको संख्या बढीमा ११ बनाउन सिफारिस गरेको छ । सदस्यहरूको चयन उच्चस्तरिय राजनीतिक समितिको परामर्शमा मन्त्रीपरिषदका अध्यक्षले गर्ने कार्यदलको सिफारिसमा थियो । ६ जना दलको सिफारिसमा र चारजना स्वयं अध्यक्षले चयन गरी परिषद्लाई पूर्णता दिने विषयमा दलबीच छलफल भैरहेको बताइन्छ । परिषदलाई गैरदलिय बनाउने सहमति छ । परिषदमा पूर्वउच्चपदस्थ कर्मचारी, पूर्वन्यायाधीश, संवैधानिक निकायमा काम गरेका पूर्वपदाधिकारीहरू र पूर्व सुरक्षा अधिकारीहरू रहने बताइएको छ ।

No comments:

Post a Comment