Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, March 2, 2013

हलिउड बनाउँदैछ एभरेष्टमाथि थ्रीडी फिल्म

विष्णु शर्मा
२ मार्च, २०१३


Phurenje Sherpa and his son, Edmund (Tashi) Sherpa, 7, at New Zealand.
सर्वोच्च शिखर सगरमाथाका पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीमाथि हलिउडले थ्रीडी फिल्म निर्माण थालेको छ । न्युजिल्यान्डको सर्वोच्च हिमाल हिमाल माउन्ट कुकमा आज (शनिबार)देखि छायांकन सुरु भएको छ । फिल्ममा किवी शेर्पा तेन्जिङ र च्याड मफिट हिलारीको भूमिकामा अभिनय गर्दैछन् । उक्त हिमाललाई सगरमाथाको स्वरुपमा मानेर छायांकन थालिएको समाचार न्यूजिल्यान्डकै चर्चित समाचार एजेन्सी फेयरफ्याक्सले प्रेषण गरेको छ ।

सगरमाथा आरोहणको ५० वर्षको पुगेको छेकोमा फिचर फिल्म निर्माण थालिएको हो । सन् १९५३ मा सगरमाथामा मानव पाइला टेकिएको थियो । निर्माता फुरेन्जे शेर्पा पनि आरोही हुन् । उनले माउन्ट कुक पनि चढेका छन् । फुरेन्जेले फिल्म निर्माण गर्ने क्रममा एडमण्डको सम्मानको सात वर्षिय छोराको नाम पनि एडमण्ड नै राखेका छन् । निर्माता फुरेन्जे सन् १९९७ देखि न्युजिल्यान्डमा बस्दै आएका छन् । उनले हिलारीको नेपालस्थित च्यारिटी संस्थाबाट हिमाली जिल्लामा विद्यालय पनि खोलेका छन् । गत वर्ष हलिउडले सगरमाथामा ‘हाइल्यान्ड’ नामक फिल्म सुटिङ गरेको थियो ।

समाचारमा निर्माण कम्पनीको नाम खुलाइएको छैन । फिल्मलाई राजधानी काठमाडौं, अष्ट्रेलिया, युरोप र उत्तर अमेरिकामा समेत रिलिज गरिने जनाइएको छ । ‘हाम्रै देशको पर्यटन उद्योगलाई पनि टेवा पुगोस् र नेपालको प्रचारप्रसार होस् भन्ने उद्देश्यले फिल्म निर्माण थालेको हुँ’ उनलाई उध्दृत गर्दै फेयरफ्याक्सले लेखेको छ । फिल्मको नाम सार्वजनिक गरिएको छैन । हिलारी र तेन्जिङले सगरमाथा आरोहणका क्रममा गर्नुपरेका शारीरिक, मानसिक र सामाजिक संघर्ष फिल्मको कथा हुने समाचारमा उल्लेख छ ।

No comments:

Post a Comment