Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Monday, March 4, 2013

नेपाल बन्यो संसारकै आठौं दुःखदायी देश

विष्णु शर्मा
४ फेव्रुअरी, २०१३


आर्थिक सूचकांकहरू कहिले काहिँ दुःखदायी हुन्छन् । विश्वमा मिजेरबल्स (दुःखहरू)को अंकगणित अध्ययन गर्ने चर्चित संस्था सीआइए वल्र्ड फेसबुक डाटाले आज (सोमबार) सार्वजनिक गरेको नयाँ मिजरी इन्डेक्सले भने नेपाललाई विश्वको आठौं दुःखदायी देशको रुपमा उल्लेख गरेको छ । बेरोजगारी र मुद्रा स्फ्रितीलाई आधार मान्दै तयार गरिएको उक्त प्रतिवेदनमा नेपालले ५४.३ अंक पाएको छ । नेपालको मुद्रास्फ्रिती ८.३ प्रतिशत र बेरोजगारी दर ४६ प्रतिशत लेखिएको छ । ‘उपभोग्य वस्तुको बढ्दो मुल्यवृद्धिले यी देशका नागरिकले पीडा महसुस गरेका छन्’ संस्थाद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘बेरोजगारी अभावमा सिर्जित गरिबीले हिंसा र असमानता पनि बढाएको छ ।’

नम्बर वान दुःखदायी देशमा १०३.३ अंकका साथ हिंसा, भ्रष्टाचार र राजनीतिक अस्थिरताले थिलोथिलो अफ्रिकी मुलुक जिम्वावे छ । लाइबेरिया, बुर्किना फासो, बेलारुस, तुर्किमेनिस्तान, डिजुबाउटी, नामिबिया र नेपाल क्रमशः छन् । माली २५ औं नम्बरमा छ । यो सूचिमा अधिकांश अफ्रिकी मुलुक छन् । सीआइएले राजनीतिक अस्थिरता, हिंसा र भ्रष्टाचारलाई अध्ययनको मुख्य आधार मानेको छ । प्रयोगकर्ताले फेसबुकमा पोस्ट गर्ने स्टाटस र तस्विरलाई पनि उक्त मुलुकको अवस्थासँग अध्ययन गरिएको छ । ‘आधाभन्दा बढी नेपालको जनसख्या गरिबीको रेखामुनीको जीवन बाँच्छ । कूल गार्हस्थ उत्पादनको आधा हिस्सा कृषिले ओगटेको छ । भौगोलिक स्वरुप, प्राकृतिक प्रकोप र मजदुर हड्तालले नेपाली अर्थतन्त्रलाई थिलोथिलो बनाएको छ’ नेपालबारे इन्डेक्समा लेखिएको छ ।

नेपाललाई द्धन्द्धग्रस्त अफ्रिकी मुलुकसँग तुलना गरेर प्रकाशित यो प्रतिवेदनप्रति मेरो किन असहमति छ भने राजनीतिक अस्थिरता र बेरोजगारी दरलाई मात्र हेरेर मुलुकको विकासका अन्य आयामलाई भुल्नु हुँदैन । कुल गार्हस्थ उत्पादनले मात्र दिगो विकास हुन्छ भन्ने मलाई लाग्दैन । पछिल्ला वर्षमा नेपालले गरिबी घटाएर आधा प्रतिशतमा झारेको छ । कृषि र पर्यटनले गाउँमा रोजगारीका सिर्जना भैरहेको छ । मध्यमवर्गको उदय भैरहेको छ । रेमिटेन्सले गरिबी घटाएको छ । विशुद्ध राजनीतिक अवस्थालाई मात्र दोष दिएर अन्य पाटोलाई भुल्नु हुँदैन । तर्क नै गर्ने हो भने अमेरिका र युरोपको मुद्रा स्फिर्ती, बेरोजगारी र प्रणालीको संकट नेपालभन्दा निकै ज्यादा छ ।

No comments:

Post a Comment