Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Wednesday, March 13, 2013

खिलराजले शपथ लिए (नयाँ प्रमको बायोडाटासहित)

विष्णु शर्मा
१४ मार्च, २०१३


चुनाबी सरकारका प्रधानमन्त्री खिलराज रेग्मीले आज विहान शितल निवासमा राष्ट्रपति सामु सपथ लिएका छन् । विशेष इजलासमा उनलाई कार्यकारी प्रमुख बनाउन नहुने दाबीसहित दायर रिटको सनुवाई हुनु एक घण्टाअघि रेग्मीको सपथ भएको हो । उनीसँगै पूर्व मुख्य सचिव माधव घिमिरे र हरि न्यौपानेले पनि सपथ लिएका छन् । गृह तथा परराष्ट्र मन्त्री भएका घिमिरले नयाँ सरकार आजैदेखि चुनावमा केन्द्रित हुने भएका छन् । सपथ लिएपछि संवाददाताहरुसँग रेग्मीले नयाँ सरकारको प्राथमिकता शान्ति सुरक्षा कायम र चुनाव गराउनु रहेको बताए । गए राती प्रमुख चार दलले रेग्मीलाई प्रधानमन्त्री बनाउने सहितका ११ बुँदामा सहमति गरेका थिए । प्रन्यालाई प्रधानमन्त्री बनाएको विरोधमा नेकपा–माओवादीसहितका साना २२ दलले शीतल निवासअघि नाराबाजी मात्र गरेनन्, विहिबार दिउँसो १२ बजेदेखि नेपाल बन्द नै आयोजना गरे । 


दलहरुको लामो गृहकार्यपछि भएको सहमतिसँगै जारी राजनीतिक गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ । यद्यपी नेकपा-माओवादीसहितका साना दललाई मनाउनुपर्ने दायित्व भने प्रमुख दलहरुबाट पन्छिएको छैन ।

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले २५ बुँदे बाधा अड्काउ र ११ बुँदे राजनीतिक सहमति भएको जानकारी दिए । '२५ बुँदे बाधा अड्काउ र ११ बुँदे राजनीतिक सहमति भएको छ,' निक्कै प्रसन्न मुद्रामा नयाँ बानेश्वरस्थित सेना समायोजन विशेष समितिको सभाकक्षबाट निस्किएका श्रेष्ठले भने, 'मुलुकले निकास पाएको छ ।'

दलहरुबीच प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम निर्वाचन परिषद् गठन गर्ने र असार ७ गतेसम्म निर्वाचन गर्ने सहमति भएको छ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सञ्चारकर्मीसँग भने, 'यदि काबुबाहिर परिस्थिति गयो भने बढीमा मंसिरसम्ममा निर्वाचन हुनेछ, मुलुकले नयाँ संविधानसभा र संविधान पाउनेछ ।'

सहमतिमा रेग्मीको नेतृत्वमा विशिष्ट श्रेणीका पूर्व सरकारी कर्मचारीहरु सम्मिलित ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने उल्लेख छ । दलहरुबीच लामो समयदेखि विवादित लडाकु समायोजनमा पनि सहमति भएको छ । पूर्वलडाकुलाई एक कर्णेल र दुई लेफि्टनेन्स कर्णेल दिने सहमति भएको छ ।

दलहरुबीच आगामी संविधानसभा ४ सय ९१ सदस्यीय बनाउने सहमति भएको छ । तीमध्ये २ सय ४० प्रत्यक्ष, त्यति नै संख्यामा समानुपातिक र ११ जना मन्त्रिपरिषदबाट मनोनीत हुनेछन् ।

 



A. GENERAL INFORMATION
  1. Date and Place of Birth:- 31st May 1949, Palpa, Nepal
  2. Gender:- Male
  3. Marital Status:- Married to Shanta Regmi (Have 3 Children)
  4. Nationality:- Nepali
  5. Permanent Home Address:- Pokharathok – 6, Palpa, Lumbini Zone, Nepal
  6. Current Home Address:- 182/15 Prabachan Marga, Kathmandu, Nepal
  7. Current Residence:- Chief Justice Residence, Baluwatar, Kathmandu, Nepal
  8.  
B. ACADEMIC QUALIFICATION
Degree
University/Board
Year of Completion (A.D.)
M.A.
(Master in Arts)
Tribhuvan University, Nepal
1972
B.L.
(Bachelor in Laws)
Tribhuvan University, Nepal
1970
B.A.
(Bachelor in Arts)
Tribhuvan University, Nepal
1968
I.A.
(Intermediate in Arts)
U.P. Board, India
1966
C. LANGUAGE PROFICIENCY
  1. Nepali (Native)
  2. English (Spoken and Writing)
  3. Hindi (Communicative)
D. AWARDS/MEDALS
  1. International Jurists Award, 2012 (Conferred by International Council of Jurists, London)
  2. Gorkha Dakshin Bahu 4th (1981)
  3. Gorkha Dakshin Bahu 3rd (1990)
  4. Trishakti Patta 3rd (2000)
E. PROFESSIONAL CAREER

S. No.
Designation
Organization/Institution
Tenure Period
1.
Chief Justice
Supreme Court of NepalMay 6, 2011  A.D. – Present
2.
Justice
Supreme Court of Nepal2003-2011 A.D.
3.
Chief Judge
Various Appellate Courts1996-2003 A.D.
4.
Judge
Various Appellate Courts1991-1996 A.D.
5.
Deputy Registrar
(Gazetted Class I)
Supreme Court of Nepal1985-1991 A.D.
6.
District Judge
Various District Courts1974-1985 A.D.
7.
Section Officer
Supreme Court of Nepal1972–1974 A.D.

सर्वोच्च अदालतका अहिलेसम्मका २२ जना प्रधान न्यायाधीशमध्ये कार्यपालिकाको समेत जिम्मेवारी निर्वाह गर्ने भने उनी मात्रै एक्ला हुने कीर्तिमान उनले राख्दैछन्।

1 comment: