Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Sunday, March 17, 2013

बेलायतमा पण्डित्याइँ गर्न नेपालीलाई चटारो

हरिकृष्ण गौतम
म्याग्दी, ४ चैत


विदेशी काम भन्ने वित्तिकै धेरैले रेष्टुरेन्ट, सुपर मार्केट र कम्पनी भनेर बुझ्छन् । खाडीको दुःखजिलो जीवन पनि सम्झने गरिन्छ । तर, बेलायतको नेपाली डायस्पोरामा भने एउटै अलग्गै कामले चर्चा पाइरहेको छ । एक नेपाली पण्डित्याइँ गरेर यो विदेशी भूमिमा पैसा कमाउने र संस्कृति जोगाउने काम गरेर प्रवासी नेपालीमाझ उदाहरणीय बनेका छन् । रोजगारको सिलसिलामा सन १९९९ मा बेलायत प्रवेश गरेका म्याग्दी पुलाचौर प्रकाश पौडेलको दैनिकी त्यहाँ रहेका अरू म्याग्देलीको भन्दा फरक छ । ह्याम्ससायरमा बसोबास गर्ने पौडेल पुजारीका रुपमा नेपाली समुदायमा चर्चित बनेका हुन् ।

नेपालीले हिन्दु संस्कारमा गर्ने रुद्री, विवाह, व्रतबन्ध, न्यारन, छेवर लगायतका पूजापाठमा उनलाई बोलाउने गर्छन् । “विधि पुर्‍याएर पुजापाठ गर्ने नेपालीको प्रिय बनेका छन उनी” म्याग्दी प्रवासी संघ मोना युकेका कोषाध्यक्ष किसान जिसीले भने, “हिन्दु संस्कार जोगाउन प्रवासी नेपालीले गर्ने क्रियाकलापमा उनको भुमिका महत्वपूर्ण छ ।” जनैपुर्णिमा, विजयादशमी, चैतेदशैलगायत ठूला चाडपर्वमा उनलाई पुजा गर्नैको चटारो हुन्छ । बेलायतमा मुख्य पुजारी भएर उनले तीन दर्जनभन्दा बढि पुजा गरेका छन ।

मोना युकेका पुर्व कोषाध्यक्ष तथा (१७ महिनापछि अध्यक्षको भुमिका देखिने गरी सपथ खाएका) पौडेललाई हिन्दु महासंघ बेलायत, एनआरएन युके, क्षत्री समाजका साथै मगर समाज, ठकुरी समाज, गुरूङ समाजले समेत आफ्नो संस्कार अनुसार गर्ने धार्मिक गतिविधिमा उनलाई निम्तो दिने गरेका छन । “बेलायत प्रवेश गरेदेखिनै धार्मिक क्रियाकलापमा सक्रिय छु” पौडेलले  भने,“ पवित्र कार्य भएकाले यसले गलतबाटोमा लाग्नेहरुलाई रोक्ने छ ।” यस्तो कार्यमा सक्रिय हुन मोना युकेका संरक्षक योगेन्द्रबहादुर क्षत्री, क्षत्री समाज युकेका अध्यक्ष प्रकाश राउत, मोना युकेका उत्तमधु्रव केसी, मोना युकेका पुर्व अध्यक्ष योगकुमार फगामी लगाएतको भुमिका महत्वपुर्ण रहेको उनले बताए ।

यस्तो कार्यमा सहभागी हुँदा उनलाई कति पैसा कमाउन लागि परेको भन्दै आरोप लगाउने समेत गरेका छन । उनले धार्मिक कार्यमा सहभागि भएर प्राप्त भएको भेटीबाट म्याग्दीमा सञ्चालित एम्बुलेन्स, शैक्षिक गतिविधि, बालबालिका लगाएको क्षेत्रमा करिव ५ लाख सहयोग गरिसकेका छन ।  “धार्मिक कार्यबाट प्राप्त सबै पैसा सामाजिक कार्यमा खर्च गर्छु” उनले भने । प्रवासमा बसोबास गर्ने नेपालीहरुमा देखिने एकताको पहिलो सुत्र भनेको धार्मिक क्रियाकलाप भएको उनको भनाई छ ।

पुजाको प्रक्रियाका बारेमा र्गोखा सैनिकका पुजारी, नेपालमा रहेका धार्मिक ब्यक्तिहरुलाई सोध्ने गरेका छन । “महिनामा १०  वटासम्म पुजापर्छ, तरपनि मलाई समय मिलेको छ” उनले भने । उनको कामबाट प्रभावित भएर हिन्दु समाजले जिम्मेबारी दिने तयारी समेत गरिरहेको छ । मोना युकेमार्फत जिल्लामा सञ्चालित एम्बुलेन्स प्रोजक्ट, प्राकृतिक विपत्तीमा परेकालाई सहयोग लगायत विभिन्न समाजिक कार्यमा सक्रिय रहेका पौडेलको यो कार्यले बेलायतमा म्याग्देलीलाई धार्मिक क्षेत्रमा महत्वपुर्ण स्थान प्राप्त हुन सघाउने मोना युकेका उत्तम धु्र्रव केसीले बताए । अहिलेसम्म करिव ३ सय ५० वटा धार्मिक कार्यमा सहभागि भइसकेका पौडेलले समयसमयमा नेपालबाट धार्मिक पुस्तकहरु समेत मगाउने गरेका छन ।

No comments:

Post a Comment