Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Tuesday, March 5, 2013

विदेशको पैसा, नेपालमा अर्बपति !

विष्णु शर्मा
५ मार्च, २०१३

Binod Chaudhary. Image : Ekantipur
नेपालले पहिलोपटक अर्बपति पाएको छ । न्यूयोर्कस्थित म्यागजिन फोब्र्सले ८८ अर्ब नेरु (१ अर्ब अमेरिकी डलर) का साथ विनोद चौधरी अर्बपति बनेको भन्दै धनीको सूचिमा नाम उल्लेख गरेको छ । विश्वका १४ सय २६ अर्वपतिको सूचिमा चौधरी १३ सय ४२ औं सूचिमा छन् । फोब्र्सले सँगै यस्तो पनि लेखिदियो –‘विनोद चौधरी अर्बपति बनेका छन् तर उनले उक्त सम्पत्ति सबैजसो विदेशमा कमाएका हुन् ।’ उनका दुई छोरालाई फोब्र्सले गैर–आवसिय नेपाली भनेको छ । विनोद चौधरी अर्बपति बनेको छेकोमा सबैभन्दा बढी इन्टरनेटको सामाजिक संजाल खुशि छ । धेरैले सफलताको खुशि दर्शाएका छन् । तर, पत्रकार केदार शर्माले फेसबुक स्टाटसमा यस्तो लेखे –‘यी कुरा मेरा लागि खुशि वा विस्मातका कुरा होइनन् । मलाई दुःख भने त्यतिबेला लाग्नेछ जतिबेला ‘अर्बपति भएर देशको प्रतिष्ठा बढाएकोमा’ काठमाडौंमा उनको सार्वजनिक अभिनन्दन हुनेछ ।’

मेरो भने यसप्रति भिन्न दृष्टिकोण छ । विनोद चौधरी विलिनियर बन्नुलाई मैले ग्लोबल पावरका रुपमा एसियाको उदयका रुपमा हेरेको छु । पछिल्लो समय एसियाले धनाढ्यको सूचिमा युरोप र अमेरिकालाई उछिनेको छ । विलिनियरको संख्यामा त एसिया युरोपभन्दा धेरै माथि छ । दुई ठूला शक्ति राष्ट्र चीन र भारतको बीचमा रहेको नेपालले पहिलोपटक फोब्र्स लिस्टमा नाम चढाउनु गौरवको कुरा हो । सँगै विनोदले यो कुरा पनि बुझिरहनुपर्छ –ब्यापारको अंकगणित सीधा रेखामा कहिल्यै हिँड्दैन । फोब्र्सको लिस्टमा सँधै टिकिरहन कठिन हुन्छ । यसपटक हजार भन्दा बढी पूर्व अर्बपतिले स्थान गुमाएका छन् । उनले यसतर्फ सोच्नुपर्छ । पक्कै पनि नेपालको बजार ठूलो छैन तरपनि, विनोद चौधरीको सम्पत्ति ठूलो मात्रामा विदेशमा छ र विदेशबाटै उनले पैसा कमाएका हुन् भन्ने फोब्र्सको टिप्पणी उत्साहप्रद भने छैन ।

फोब्र्सको उक्त टिप्पणीको सार हो –विदेशी धनले नेपालका विनोद चौधरी अर्बपति बने ।’ उनले देशको प्रतिष्ठता त बढाए तर कसरी बढाए प्रमुख कुरा हो । फोब्र्सले स्पष्ट शब्दमा लेखिदिएको छ । हिजैमात्र मैले सीआइए वल्र्ड फेसबुकको एउटा तथ्यांकलाई आधार मान्दै नेपाल विश्वको आठौं दुःखी देशको स्थानमा रहेको ब्लग लेखेको थिएँ । लगत्तै फोब्र्सले त्यही दुःखी देशका एक नागरिकलाई अर्बपतिमा उल्लेख गरेपछि भने झसंग भए । समाजशाष्त्र अनुसार विकासको तीव्र प्रवाहमा अघि बढ्दा धनी र गरिबको खाडल बढ्दै जान्छ । चौधरीको फोब्र्स सूचि त्यसको संकेत हुनसक्छ ।

No comments:

Post a Comment