Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Wednesday, March 6, 2013

१ लाख ७० हजार इन्डियनले नेपाली नागरिकता पाउँदैछन्

विष्णु शर्मा
६ फेव्रुअरी, २०१३


साथीहरू, नेताहरूले सहमतिमा हस्ताक्षर गरे भने १ लाख ७० हजार भारतीयले नेपाली नागरिकता पाउनेछन् । चार दलका नेताहरूले जन्मका आधारमा नागरिकता पाएका अभिभावकका सन्तानले वंशजका आधारमा नागरिकता पाउने मधेशी दलको आग्रह र अडानमा सहमति जनाएका छन् । आजभोलीमै यो सहमतिमा हस्ताक्षर हुनेछ । खासगरि तराई र मधेशमा नागरिकताविहिन भएकाले वालिग मताधिकार नपाउने भएपछि मधेशी दलले प्रधानन्यायाधीश कार्यकारी प्रमुख बन्नुअघि नागरिकता विवाद मिलाउनुपर्ने अडान राखेका थिए । कामको लागि नेपाल छिरेका र विहे गरी आएकाले पनि नागरिकता पाउने भएपछि ढिलो चाँडो नेपाल इजरायल र प्यालेस्टाइनको बाटोमा अघि बढ्नेछ ।

बाउबाजेको ठेगान नभएका भारतीयलाई नेपाली नागरिकता दिलाउने हो भने उनीहरूको सन्तानले भोली नेपाली डाँडाकाँडा ढाक्नेछन् । भोटको राजनीति गर्नैका लागि भारतीयलाई पनि नागरिकता दिने कुरामा सहमति गर्नु ठूला दलको नांगो निर्णय हो । कसैलाई प्रधानमन्त्री बनाउन र कोही चुनाव लड्नका लागि यस्तो निर्णय लिइनु एकदमै गलत हो । के इन्डिया पुगेका नेपालीले पनि १० र २० वर्ष त्यहाँ बसे भने भारतीय नागरिकता पाउन सक्छन् ? सरकारले यो कुरा सोच्नुपर्छ । बाउबाजेको ठेगान नभएकालाई संसारभर राजनीतिक अधिकार दिइने चलन छैन । तर, हामीकहाँ भारतबाट आएका सरिता गिरि र राजेन्द्र महतोले नेपाली नागरिकता लिएर मन्त्री पदबाट देश चलाइरहेका छन् ।

संसारमा कहिँ नभएको निर्णय हामीकहाँ हुँदैछ । अमेरिकाले पनि आफ्नो भूमिमा विदेशीले बच्चा जन्माउँदैमा नागरिकता दिँदैन । जन्मनुअघि पाँचवर्षदेखि वर्र्षैपिच्छे ओहोरदोहोर गरेको हुनुपर्छ । फ्रान्सले गर्भवतीलाई भिसा दिँदैन । गर्भवतीले फ्रान्सको भिसा पाउन आफ्नो देशमा बच्चा जन्माएर मात्र भिसाको लागि एप्लाइ गर्नुपर्छ । अमेरिकामा नागरिकता पाउँदैमा त्यो व्यक्ति राष्ट्रपति बन्न सक्दैन । तर, हामी कहाँ कुनै व्यक्तिलाई मन्त्री र प्रधानमन्त्रीको जागिर खुवाउन नागरिकताको हचुवा निर्णय गरिएको छ । हाम्रो कामना –नेपाल इजरायल र प्यालेस्टाइनको बाटोमा अगाडि नजाओस भन्ने हो । चनाजत्रो देशलाई टुक्राउने काम नगरौं प्लिज ।

No comments:

Post a Comment