Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Friday, February 1, 2013

कोही छ किन्ने ? न्यूरोडको भूतघर अझै बिकेनछ

विष्णु शर्मा
१ फेव्रुअरी २०१३


फेरि एकपटक न्यूरोड भूतघरको कुरा । भूतले मान्छे पिट्यो भनेर विश्वभर हल्ला फैलिएको न्यूरोडको यो कथाव्यथा सबैलाई थाहा भएकै कुरा हो । अहिलेको संसारमा भूतप्रति कसैले विश्वास गर्दैन । हलिउड फिल्मका पर्दामा मात्र भूत जीवित भएको विश्वास गरिन्छ । र त कुइरेहरू भूतलाई देखाउन साइन्स फिक्सका कथा रच्छन् । यता हाम्रै न्यूरोडको चर्चित भूत घरले भने अहिलेसम्म मान्छे पाएको रहनेछ । घर विक्ला वा भाडामा जाला कि भनेर घरबेटीले मोबाइलको हाउजिङ फेरेजस्तै अहिले घरलाई चिरिच्याट्ट पार्दासमेत घर नबिकेपछि घरबेटी इन्तु न चिन्तुमा रहेछन् ।

तस्विरमा दायाँतिर तपाईं आकर्षक घर देख्न सक्नुहुन्छ । तर, त्यो घरको भुइँतला बाहेक माथिको सबै तला खाली छ । माथिको तलालाई कसैले न भाडामा लिएका छन्, न कसैले घरै किन्ने मुड बनाएका छन् । भूतले मान्छे पिटेको हल्लापछि घरबेटीले के मात्र गरेनन्, लाखौं खर्चिएर आकर्षक बनाए, पण्डित लगाएर भूत शान्ति गरे । तर, डेढलोसरी फैलिएको हल्ला त्यसै कहाँ निभ्दो रहेछ र ? काठमाडौं यसै त सबैभन्दा बढी जिउँदा भूतहरूको सहर हो । प्रत्येक सेकेन्ड ती जिउँदा भूतसँग इनकाउन्टर गर्नुपर्छ । तर, यो प¥यो नीर्जिव भूतघर ।

न्यूरोडमा एउटा फ्ल्याटको लाखौं मूल्य पर्छ । राजधानीको ब्यस्त थलो न्यूरोडमै भूत भएको कुराले धेरैलाई अचम्म पारेकै छ । भाडामा विवाद भएर पसलेले भूत भएको हल्ला चलाएको होस् कि घरभित्रै गाडिएकी बालिकाको मृतात्मालाई शान्ति नगरेको होस्, यसले न्यूरोडको निद्रा खलबलाइदिएको छ । यस्तो लाग्छ –प्रत्येक रात न्यूरोड स्लिपिङ ट्याब्लेट खाएर सुत्छ ।

No comments:

Post a Comment