Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Friday, February 8, 2013

जाम हिँड एभरेस्ट बेस क्याम्प

जेनी लिङ/लोन्ली प्लानेट
८ फेव्रुअरी, २०१३

सन् १९२० बाट सर्वोच्च शिखर सगरमाथामा मानव चहलपहल सुरु भएको हो । तेन्जिङ नोर्गे शेर्पा, एड्मन्ड हिलारी, जर्ज म्यालोरी लगायतले चुचुरोमा पाइला टेकेका थिए । आरोहणका दौरान हजारौंले उनीहरूको आरोहणकलालाई पछ्याए, थुप्रैले हिउँसँग जीवन साटे । तर, हिजोआज जीवनको खोजी गर्दै हिँड्ने र सगरमाथा चढ्नेका लागि त्यसको आधार शिविर जीवनमा पुग्नैपर्ने सपनाको थलो बनेको छ । २०१२ मा ३५ हजारदेखि ३७ हजारसम्मले सगरमाथा क्षेत्र घुमे ।
एभरेस्ट ट्रेकिङ किन ?
सुन्दर दृश्यका अतिरिक्त सगरमाथा घुम्न जानेले शेर्पा संस्कृति, गुम्बा र संग्रहालय जान्न र बुझ्न पाउँछन् । गुम्बाबाट निस्कने बौद्ध प्रार्थना, इन्डियाना जोन्सको फिल्ममा जस्तै देखिने पिङजस्तै हल्लिने झोलुंगे पुलले दिउँसभरको हिँडाइलाई बिर्साइदिन्छ । बेलुका तातो खाना, मायालु नेपाली र दाउरा ताप्दै गर्दा त्यसले चिसो बिर्साइदिन्छ । मिश्रित संस्कृति, आकर्षक संस्कार, न्यानो आतिथ्यताले एभरेस्ट बेस क्याम्पको यात्रालाई अविष्मरणीय बनाइदिन्छ ।




त्यहाँ ट्रेक कहिले गर्नुपर्छ ?
मार्चदेखि मे र सेप्टेम्बरदेखि डिसेम्बर महिना सगरमाथा ट्रेकिङका लागि उपयुक्त सिजन हो । मनसुन सुरु हुने पहिले मे महिनामा गर्मी हुन्छ । डिसेम्बरमा पानीको तापक्रम माइनस जिरो पुग्छ । तर, यो सम्झनुस कि बेलुकाको न्यानोपनले यो चिसोलाई भुलाइदिन्छ ।

के गाइड चाहिन्छ ?
यतिबेला नेपाल सरकारले गाइडलाई लिनुलाई अनिवार्य गरेको छ । लाङटाङमा बेल्जियम नागरिक हराएपछि र कैंयन ट्रेकरहरू हिउँमा पुरिएपछि यस्तो व्यवस्था गरिएको हो । एक्लै ट्रेकिङ निषेध गरिएको छ । तर, गाइड र भरिया लिँदा धेरै फाइदा पनि छन् । तपाईं कसैलाई प्रतिदिन १० देखि २० अमेरिकी डलर पारिश्रमिकमा काम पनि दिन सक्नुहुन्छ । साथसाथै स्थानिय संस्कृति र वातावरणबारे उनीहरुबाट जानकारी हासिल गर्नुहुनेछ । ट्रेकिङ कम्पनीहरुले तपाईंलाई एयरपोर्ट व्यवस्थापन र बिमाबारे सहयोग गर्न सक्छन् ।



साथमा के लैजानुपर्छ ?
१० देखि १५ किलोसम्म सामान ब्याकप्याकमा राख्नुस । सोच्नुस, तपाईंको भरियाले स्याम्पुको ठूलो बोतल र जिन्सका केही जोडी पनि थप्नेछ । ज्याकेट र थर्मल अन्डरवेयर जरुरी हुन्छ । याद गर्नुस कि ३००० मिटरमाथि हिमालयमा बाह्रैमहिना चिसो हुन्छ ।



(Text and images courtesy by : lonelyplanet.com)

No comments:

Post a Comment