Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Monday, February 4, 2013

प्रचण्डले भनेजस्तै दशवर्षमा धनी बनौंला ?

विष्णु शर्मा
४ फेव्रुअर, २०१३

गतसाताको विकेन्ड मैले बीबीसी साझा सवालको बहसमा बिताएँ । राजनीतिबाट पर बसेकाले यसलाई कसरी हेरेका छन् भन्ने बहसले मलाई बुद्धिविलास गजबले गराइदियो । तीसवर्ष टीयूमा पढाएर हालैमात्र अवकास प्राप्त प्राध्यापक कृष्ण खनालका विचार मेरा लागि शक्तिशाली रहे । उनले भने –‘राजनीतिमा लागेका ९९ प्रतिशत झूठ बोल्छन् । पत्रिकामा पनि तिनै झूठा कुरा छापिन्छन् । सत्य बुझ्न पत्रिकामा छापिएका हरफको बीचमा पढ्नुपर्छ ।’ प्राध्यापक खनालको यस्तो पठनदृष्टिले हिजोआज अखबार पढ्दा ममा बदलाव ल्याइदिएको छ ।

खनालले विपक्षी दलले मुद्दामा टेकेर आन्दोलन नगरेकाले आन्दोलन सफल नहुने बताए । हुन पनि हो –विपक्षीको एकल मुद्दा बाबुराम भट्टराईको राजिनामामा टिकेको छ । जनजीविकाको सवाललाई विपक्षीले पुरै बेवास्ता गरेका छन् । खनालको विचारमा अहिलेको सापेक्षतामा दलहरूले भनेजस्तो स्वतन्त्र व्यक्ति पाउन सकिँदैन । पूर्व जलस्रोतमन्त्री दीपक ज्ञवाली भन्दै थिए –‘०४७ सालको संविधानमा फर्किनु बाहेक अर्को विकल्प छैन ।’ खनालले प्रतिक्रिया दिए –‘राजनीति कहिल्यै पछाडि फर्कदैँन ।’ ज्ञवालीले कुनैबेला राजा खाएको मसानले यतिबेला देशै खान आँटेको तर्क गरे । ‘देश यतिबेला पहिरो गएको ओढारमा फसेको छ, ब्याकगियरमा हिँड्नुको विकल्प छैन ।’


सर्वोच्च अदालतका अवकासप्राप्त न्यायाधीश कृष्णजङ रायमाझीले अन्तरिम संविधानमै टेकेर संवैधानिक निकास खोज्नुपर्ने बताए । यस्तो लाग्थ्यो –‘राजनीतिलाई लिएर हामीजस्ता नागरिक गाउँमा आक्रोशित छन् । स्थानीय चुनाव चाहन्छन् तर प्रजातान्त्रिक राजनीतिमा आउने पुस्तालाई त्यसरी ब्लक गरिएको छ ।’ त्यही भोलिपल्ट प्रचण्ड हेटौंडामा भन्दै थिए –‘अबको एक दशकमा म देशलाई धनी बनाउँछु ।’ सोच्दा लाग्छ –खै के खै के !

No comments:

Post a Comment