Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Wednesday, February 6, 2013

काठमाण्डू उल्टोबाट चौंथो सस्तो सहर

विष्णु शर्मा
६ फेव्रुअरी, २०१३

हाम्रो राजधानी काठमाडौं उल्टोबाट चौंथो सस्तो सहर बनेको छ । इकानोमिस्ट इन्टिलेजेन्स युनिटले सार्वजनिक गरेको वल्र्डवाइट कस्ट अफ लिभिङ सर्भेमा दक्षिण एसियाली चार सहर सबैभन्दा सस्तो पाइएको हो । नम्बर एकमा जापानको राजधानी टोकियो छ । जापानी मुद्रा येनको लगातार खस्कँदो मूल्यका बाबजुद पनि टोकिया महंगो सहर बनिरहेको सीएनएनले लेखेको छ । जापानकै ओसाका सहर दोस्रो महंगो बनेको छ ।


स्वीजरल्यान्डको राजधानी जुरिजलाई सातौं स्थानमा धकेल्दै टोकिया नम्बर वान बनेको हो । अमेरिकी डलरलाई उछिनिरहेको अष्ट्रेलियाली सहरहरू टपटेनमा छन् । सिड्नी तेस्रो र मेलवर्न चौंथो तथा सिंगापुरमा छैंठौमा छन् । विश्वका २० महंगा सहरमध्ये एसियाकै ११ वटा छन् । यसले एसिया प्रशान्त क्षेत्रमा बढिरहेको विलासी जीवन र बढ्दो आर्थिक स्तरलाई दर्शाउँछ । हाँसो उठ्दो कुरो त विश्वकै धनी मुलुक अमेरिकाका कुनैपनि सहर टप २० मा अटाएका छैनन् । २१ स्थानसहित क्यानडाको भ्यानकुभर उत्तर अमेरिकी महंगो सहर बनेको छ ।

दक्षिण एसियाका सिटीहरू सस्ता सहर बनेका छन् । दुईवर्षमा एकपटक सार्वजनिक गरिने यो सर्भे १६० भन्दा बढी उत्पादन र तिनको बजार, खाना, पेय, घरभाडा, उपभोग बिल, विद्यालय शुल्क र घरेलु खर्चलाई आधार मानेर तयार गरिन्छ । नेपालको ६० प्रतिशत जनसंख्या दैनिक २ अमेरिकी डलरभन्दा कम खर्चमा जीवन निर्वाह गरिरहेको छ ।

यस्तो छ सूचि :

Top 10 most expensive cities
1. Tokyo, Japan (+1 place) 2. Osaka, Japan (+1) 3. Sydney, Australia (+4) =4. Oslo, Norway (+1) =4. Melbourne, Australia (+4) 6. Singapore (+3) 7. Zurich, Switzerland (-6) 8. Paris, France (-2) 9. Caracas, Venezuela (+25) 10. Geneva, Switzerland (-7)
Top 10 least expensive cities =1. Karachi, Pakistan =1. Mumbai, India 3. New Delhi, India 4. Kathmandu, Nepal =5. Algiers, Algeria =5. Bucharest, Romania 7. Colombo, Sri Lanka 8. Panama City, Panama 9. Jeddah, Saudi Arabia 10. Tehran, Iran

No comments:

Post a Comment