Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Friday, February 1, 2013

ट्वीटर र फेसबुक टाइमलाइन पनि कब्जा गर्लान ?

विष्णु शर्मा
१ फेव्रुअरी २०१३


यतिबेला हेटौंडा कमरेडमय छ । हुप्रचौर गुल्जार छ राता झण्डाले । यसपटक त कमरेडेली जमघटमा अर्को चीज पनि थपिएको छ –वाइफाइ । केही दिनअघि ट्वीटरल्यान्डमा छिरेका बाबुराम भट्टराईले महाधिवेशन स्थललाई वाइफाइ जोन बनाउन भनेछन् । पार्टी उपाध्यक्ष समेत रहेका उनकै निर्देशनमा बेतारे इन्टरनेट संजाल जोडिएछ । पत्रकार सुविधाका लागि वाइफाइ हटस्पट बनाएका भट्टराईले महाधिवेशनलाई फेसबुक र ट्वीटरबाट लाइभ गर्न पनि आफ्ना सचिवालयलाई भनेका छन् ।

कुनैपनि दलको महाधिवेशनमा यसरी वाइफाइ राखिएको पहिलो हो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलको शब्दमा माओवादीको यो महाधिवेशन फेसबुक र ट्वीटरमय हुनेछ । नेपाल टेलिकमले हुप्रचौर एरियामा वाइफाइ उपलब्ध गराउने जिम्मा लिएको रहेछ । राजनीतिक र अन्य प्राविधिक व्यवस्थापनको तयारी धमाधम भैरहेपनि कमरेडहरूको जमघटलाई इन्टरनेट संजालसँग जोड्ने काइदालाई इ–पोलटिक्स पनि भन्न मिल्ला कि ?

२१ वर्षपछि हुन लागेको यो कमरेडेली महाधिवेशनलाई मैले प्रविधिमा संलग्न एउटा अध्याय पनि भनेको छु । आमसंचारको घाँठी निमोठेको आरोप लागिरहेको बेला कमरेडको इन्टरनेट लगावलाई कसरी बुझ्ने ? हुनसक्छ, सहरिया बनेपछि पूर्वविद्रोही माओवादीहरू सुकिला भएका छन् । सबैको हात हातमा स्मार्टफोन टल्किँदा छन् । यो अधिवेशन स्मार्टफोन र वाइफाइको राजनीतिक अधिवेशन पनि हुनेछ । देश कब्जा गर्न लागेको आरोप खेपिरहेका कमरेडहरू कतै फेसबुक र ट्वीटरको टाइमलाइन कब्जामा त उत्रिएका होइनन् ?

No comments:

Post a Comment