Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Tuesday, February 5, 2013

विश्वचर्चित जादुगर निकोलस नेपालमा

विष्णु शर्मा
६ फेव्रुअरी, २०१३


तीनदिने भ्रमणका लागि नेपाल आएका विश्व चर्चित जादुगर निकोलस ट्वीडीले काठमाडौंमा पनि आफ्नो जादुगरी देखाएका छन् । अनौठा जादुमयी कला देखाउन सक्ने, अर्कैको मस्तिष्क अध्ययन गरेर थाहा पाउन सक्ने र आगोलाई कलाको रुप दिन सक्ने खुबीले विश्वचर्चित ट्वीडी मंगलबार लस–एन्जल्स फर्किएका छन् । अष्ट्रेलियामा जन्मिएर विभिन्न टेलिभिजन सोबाट रातारात चर्चित ट्वीडीलाई विश्वचर्चित मेन्टालिस्ट/म्याजिसियनका रुपमा चिनिन्छ । कसैलाई थाहा नदिइकन नेपाल आएका उनले स्वयम्भुनाथ, पशुपति र बौद्धजस्ता पर्यटकीय थलो पनि घुमघाम गरे ।


नेपालमा उनले तराई टेलिभिजनमा आफ्नो जादुमयी कार्यक्रम रेकर्ड पनि गरेका छन् । ‘पहिलोपटक काठमाडौंमा कार्यक्रम रेकर्ड गरेर भर्खर सकेँ’ उनले आफ्नो वेभसाइट र फेसबुकमा लेखेका छन्, ‘पहिलो सो शनिबार बेलुका साढे आठबजे टीटीभीबाट प्रसारण हुन्छ । जहाँ तपाईंले अहिलेसम्म विश्वमै नदेखिएको छक्क पार्ने कला देख्न पाउनुहुनेछ ।’ बुधबारै उनले उक्त कार्यक्रमको प्रोमो युट्युवबाट सार्वजनिक गरेका छन् । ट्वीडीले हलिउड र बलिउड कलाकारसँग पनि आफ्नो कला देखाइसकेका छन् । नेपाल घुमघामका फोटाहरू उनले फेसबुक र ट्वीटरमा पोस्ट गरेका छन् ।



1 comment:

  1. He is still in kathmandu , may be 2 more weeks he will hold in Nepal , "Iam a Tour operator of Him "

    ReplyDelete