Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Monday, February 11, 2013

यसकारण ‘बेबेल’ले जित्यो ग्रामी अवार्ड

विष्णु शर्मा
११ फेव्रुअरी, २०१३


Pop divas in Grammy red carpet : AP
अन्ततः मम्फर्ड एन्ड सन्स ब्यान्डले यसपटकको ग्रामी अवार्ड जितेको छ । विश्व संगीतको सर्वोच्च अवार्ड आज (सोमबार) विहान लस–एन्जल्समा बाँडिएको थियो । दोस्रो एल्बम ‘बेबेल’बाट उक्त ब्यान्डले सबैलाई चकित पार्दै अवार्ड पोल्टामा पारेको हो । गायिका एडेलको हातबाट अवार्ड लिँदै लिड गायक मार्कस मम्फोडले जितले आफू छक्क परेको बताए । ‘हामी जित्न गइरहेका थिएनौं र परिणाम हाम्रो पक्षमा आयो’ हौसिँदै उनले भने ।
यो सातामात्र ‘बेबेल’ एल्बम अमेरिकामा ६ लाख प्रति बिकेको थियो । अमेरिकामा चौंथो सर्वाधिक एल्बम बिक्रीको रेकर्ड राख्दै यो एल्बम १.७ मिलियन प्रति बिकेको छ । अघिल्लो संस्करणकी उत्कृष्ट गायिका एडेलकै हातबाट यसपटकको विजेतालाई पुरस्कृत गरिएको हो । यसपटकको ग्रामीमा नयाँ पुस्ता हावी भएको छ । पुराना र स्थापित कमैले अवार्ड जिते ।

गार्जियनकी संगीत क्रिटिक्स किट्टी अम्पायर लेख्छिन् –‘मम्फर्ड एन्ड सन्सले विश्व संगीतमा आफ्नै मौलिकताको परिभाषा निर्माण गरेको छ ।’ हेरौं अवार्डको रातो कार्पेटमा देखिएका सेलिव्रेटीको झाँकीहरू । एल्बम बढी बिक्दैमा संगीत रुचाइने र हिट हुने मान्यतालाई यसपटकको विजयले पुष्टि गरेको छ । जुरीहरूले कम्पोजिङ, श्रोताको मनोविज्ञान र सामाजिक प्रभावमाथि रहेर विजेता छानेका थिए ।
 (Text and Snaps : www.grammy.com)







Top category winners

Album of the year: Babel (Mumford & Sons)
Record of the year: Somebody That I Used To Know (Gotye featuring Kimbra)
New artist: FUN.
Song of the year: We Are Young (FUN.) - Jack Antonoff, Jeff Bhasker, Andrew Dost and Nate Ruess
Pop vocal album: Stronger (Kelly Clarkson)
Rock album: El Camino (The Black Keys)
Alternative album: Making Mirrors (Gotye)
R&B album: Black Radio (Robert Glasper Experiment)
Rap album: Take Care (Drake)
Country album: Uncaged (Zac Brown Band)
Dance/electronic album: Bangarang (Skrillex)
Pop solo: Set Fire to the Rain (Live) (Adele)
Pop duo/group performance: Somebody That I Used to Know - Gotye featuring Kimbra
Dance recording: Bangarang (Skrillex featuring Sirah)
Rock performance: Lonely Boy (The Black Keys)




No comments:

Post a Comment