Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, February 2, 2013

प्रियंकाको गीत ‘ग्याङनाम स्टाइल’भन्दा राम्रो

विष्णु शर्मा
२ फेव्रुअरी, २०१३


फेसन र मायालाई भूगोलले छेक्दैन । मायाका अनेक स्वरुपमध्ये फ्यान र सेलिव्रेटीबीचको माया पनि एक हो । पूर्व विश्व सुन्दरी र बलिउड अभिनेत्री प्रियंका चोपडा मेरा लागि एक आदर्श हुन् । आदर्श यस अर्थमा कि प्रियंकाले विभिन्न विदेशी म्यागजिन र न्यूजपेपरमा दिएका विचार र धारणाप्रति हृदयदेखि नै सहमत छु । उनले फिल्म, फेसन र समाजको बारेमा निकै नै गम्भिर कुराहरू बोलेकी छिन् । यसअर्थमा उनलाई एक विचारकको रुपमा लिन्छु । किनभने बलिउडका अधिकांश हिरोइनले यस्तो इस्युमा बहस गर्ने हैसियत राख्दैनन् । पछिल्लो समय उनी अभिनित ‘बर्फी’बाट मैले सिनेम्याट्रिक ल्यांग्वेजको खडेरी परेको बलिउडमा शीतलताको महसुस गरेको थिएँ

तर, मैले यहाँ चर्चा गर्न खोजेको कुरा हिरोइन प्रियंकाको होइन, न त सुन्दरीको । गायिकाको रुपमा यतिबेला यी काली बिरालीलाई मैले हेरिरहेको छ । तपाईं नेपाली हिरोइनको कुरा नगरेर बेक्कार इन्डियन हिरोइनको कुरा गर्दैछ यसले भन्नुहोला तर फ्यान बन्न भिजा चाहिँदैन न त प्रेरणा लिन भौगोलिक सीमा नै बाधक हुन्छ । मेरा एकजना साथीले जर्मनीमा प्रियंकालाई सोधेका थिए –‘के तपाईं नेपाल आउन चाहनुहुन्छ ?’ प्रियंकाले इच्छुक रहेको जवाफ दिएकी थिइन् । उनी नेपाल त आइनन् तर नेपाल छेवैको दार्जिलिङमा आइन् र ‘बर्फी’मा नेपाली बोल्ने आँट गरिन् ।

यतिबेला उनै प्रियंकाको ‘इन माइ सिटी’ निकै चर्चामा छ । एमटीभी, भिएच वान र ट्रेस अर्वनसहितका म्युजिक च्यानलले प्रियंकाको यो म्युजिक भिडियोलाई लगातार बजाइरहेका छन् । बेभर्ली हिल्सका गोरी गायिकाको तुलनामा प्रियंकाको गीत कम छैन । यतिबेला मेरो ओठमै झुन्डिएको छ –इन माई सिटी । तलको युट्युव भिडियोमा हेर्नुस है त ।




No comments:

Post a Comment