Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, February 23, 2013

लोमान्थाङलाई खेदेको खेदै न्युयोर्क टाइम्स

A local woman worked on a historic mural. Image : NY Times
विष्णु शर्मा
फेव्रअरी २४, २०१३


यस्तो लाग्छ –न्यूयोर्क टाइम्सले लोमान्थाङलाई खेदेको खेदै छ । यो वर्षमात्र संसारकै प्रतिष्ठित पत्रिकाले उपल्लो मुस्ताङको समाचारमात्र ६ पटकभन्दा बढी चोटी छापिसक्यो । तस्विर त दुईदर्जन पुगिसक्यो होला । बरु, काठमाडौंको समाचारलाई यो अखबारले उत्ति महत्व दिएको छैन । यसका आफ्नै स्वार्थ, बाध्यता र कारण पनि छन् । अन्तराष्ट्रिय रुपमा नेपालको एकमात्र न्यूज मेकर ठाउँ कतै छ भने त्यो हो –लोमान्थाङ । शनिबार पनि न्यूयोर्क टाइम्सले लोमान्थाङको अर्को एक समाचार छाप्यो –तिब्बतीका कला मुस्ताङमा कोरिँदैछन् र कसरी कला चोरिएका छन् भन्ने बारे । यो अमेरिकी पत्रिकाको यस्तो फलोअप बुझ्न मुस्ताङ–चीन सीमामा खम्पा अप्रेसनबारे बुझ्नुपर्छ ।

एक अमेरिकी कम्पनी अमेरिकन हिमालयन फाउन्डेसनले आफ्नै लगानीमा स्थापना गरेको गुम्बा र त्यहाँ कोरिने चित्रहरूमा आधारित रहेर न्यूयोर्क टाइम्सका संवाददाता एड्वार्ड योङले स्टोरी लेखेका छन् । परिवारसँग केही महिना अघि लोमान्थाङ पुगेका रिपोर्टर योङको यो स्टोरी एकपक्षिय र अपूर्ण जस्तो मलाई लाग्यो । उनले अमेरिकी लगानीको उक्त गुम्बाका स्टाफले भनेको कुरालाई मात्र उल्लेख गरेका छन् । तर, पनि उनको प्रयास प्रशंसनिय छ । योङले लोमान्थाङमाथि समाचार लेखिरहँदा यता काठमाडौंमा भने मोहन वैद्यले चीनलाई घेर्ने प्रयास भैरहेको छ भनेर बोलिरहँदा संयोगवश यी पंक्तिहरू जुधेका थिए । यी दुई काम गहिराइमा एकअर्कासँग जोडिएका छन् ।

चीनलाई महाशक्ति बन्न नदिन नेतृत्व गरेको अमेरिका र उसको एलाइन्स भारतले चीन सीमा मुस्ताङका विद्यालय, हेल्थ पोस्ट र शिक्षामा ठूलो लगानी गरेका छन् । चीनले पनि गरेको छ तर तल्लो मुस्ताङमा मात्र । मोहन वैद्यको यो अभिव्यक्तिभित्र यस्तै आशय लुकेको छ । त्रिपक्षीय प्रोक्सी वारको बीचमा नेपाल परेको छ । त्यसमा पनि सामरिक रुपमा महत्वपूर्ण लोमान्थाङ । अमेरिकी र भारतीय लगानी देखेरै हुनुपर्छ बेइजिङले उत्तरी सीमामा जातिय संघियता हुनु हुँदैन भनेर वैद्यमार्फत काठमाडौंलाई खबर पठाएको थियो । न्यूयोर्क टाइम्सको लगातारको कभरेजलाई पनि यसैमार्फत हेरिनुपर्छ । मुस्ताङ अब मुस्ताङमात्र रहेन, प्रोक्सी वारको एउटा मैदान पनि बन्यो ।

No comments:

Post a Comment