Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Friday, February 8, 2013

विपक्षीको आन्दोलनभन्दा ‘रेस २’ बलियो

विष्णु शर्मा
८ फेव्रुअरी, २०१३

‘ठूला विपक्षी दलको खुलामञ्चमा जारी ‘शक्ति प्रदर्शनमा देखिएजति मान्छे त QFX का हरेक सोबाट बाहिर निस्किन्छन् । खुलामञ्च जाऊँ, विपक्षीको बिजोग प्रदर्शन हेरौं ।' –लेनिन बञ्जाडे (फेसबुकमा)

यो स्टाटसले मलाई केही घोत्लिन बाध्य पारिदियो । विपक्षी दलले टुँडिखेलमा एकलाख मानिस उतार्ने खबर पढेको थिएँ । उनीहरू सरकारलाई घुँडा टेकाउने भन्दै आन्दोलनलाई राजधानी केन्द्रित गर्ने भनिरहेका थिए । तर, एकलाख त के आठ दल र रत्नपार्कमा बदाम खान पुगेकाको संख्या जोड्दा पनि दसहजार पुगेन कि ? यस्तो लाग्यो, उक्त स्टाटसले भनेजस्तै विपक्षीको शक्ति प्रदर्शनभन्दा क्यूएफएक्सका हरेक सो खचाखच हुन्छन् र उनीहरू कसैलाई प्रधानमन्त्री बनाउने मुद्दामा भन्दा जोन अब्राहम र दीपिका पादुकोणको ‘रेस २’ हेर्नुमा मजा लिन्छन् ।

यो शब्दचित्रले पुनः एकपटक आन्दोलनमा डेमोग्राफीको औचित्य पुष्टि गर्न जनताको मन छुने एजेन्डा र त्यसप्रति उनीहरूको अपनत्वको सार्थकता झल्काएको छ । ‘रेस २’ हेर्न क्यूएफएक्स पुगेकाहरू आन्दोलनमा उत्रिए भने बरु सरकार ढाल्न सक्लान् तर, विपक्षीको यस्तो कन्तविजोग आन्दोलनले केही होलाजस्तो छैन । बरु, यसले हाम्रा दलहरूको आयतन र गरिमा कसरी क्षयीकरण हुँदै गएको छ र दलहरू दल नभएर कसरी गुट–उपगुटको संजाल बनेका छन् भन्ने पुष्टि हुन्छ । एक वाक्यमा भन्नुपर्दा विपक्षीको आन्दोलनभन्दा फिल्मको शक्ति बलियो रहेछ ।

No comments:

Post a Comment