Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Sunday, February 3, 2013

रगत पिउन राम्चे जाने होइन ?

हरिकृष्ण गौतम/बेनी
३ फेव्रुअरी, २०१३


आलो रगत पिउने मेला ? झट्ट सुन्दा हिंस्रक लाग्छ । पशु अधिकारवादीले यसलाई हिंस्रक त भन्लान तर मेलाको आयोजना चाहिँ स्वास्थ्य हितसँग जोडिएको छ । मुस्ताङ र म्याग्दी सीमावर्ती हिमाली गाउँमा वर्षेनी यस्तो मेला गरिन्छ । रगत पिउन राजधानीसहितका सहरबाट ठूलो संख्यामा मान्छे त्यहाँ पुग्छन् । मसँग थुप्रैपटक यसरी तातो रगत पिएको अनुभव छ ।



यसपटक म्याग्दीको राम्चे गाविसस्थित तितेनीमा रगत पिउने मेलाको आयोजना गरिएको छ । हिमाञ्चल उच्च मावि नागी र पाउद्धार मावि शिखले विद्यालय सञ्चालन गर्ने खर्च जुटाउन शुक्रबार देखि मेला गरेका हुन् । दुई दिनमै ७ सयले आलो रगत पिएको हिमाञ्चल स्कुल प्रमुख रमन पुनले बताए । “अपेक्षा गरेभन्दा बढि विरामी आएका छन” पुनले भने, ‘विद्यालय चलाउन वर्षेनी आयस्रोतका रुपमा चौंरी पालिरहेका छौं ।’ पहिले खोप्रा लेकमा यस्तो मेला लाग्थ्यो ।

३६ सय ६० मिटर उचाइका खर्कमा यार्सागुम्वा, निरमसी लगायतका जडिबुटी खाएको चौंरीको तातो–तातो रगत पिएमा गानोगोला, तुस, अपच हुने, शारीरिक स्फुर्ती बढ्ने, यौनोत्तेजना बढ्ने विश्वास गरिन्छ । यसपटक काठमाडौ, चितवन, कास्की, वाग्लुङ र पर्वतदेखि विरामी ओइरिएका छन् । 


रगत खुवाउन विद्यालयका १ सय ६५ वटा चौरी मेलामा ल्याइएको छ । एउटा चौंरीबाट चुलेसीले प्वाल पारेर २० देखि ६० गिलाससम्म रगत निकाल्ने गरिन्छ । एक गिलास चौरीको रगतलाई ८० रुपैयाँमा विक्री गरिन्छ । समाजिक कार्यकर्ता महाविर पुनले ती दुई विद्यालय संचालनका लागि २०५३ सालमा मनाङ देखि उक्त परम्पराको थालेका हुन् । (Text and Images : Harikrishna Gautam. He is Myagdi based scribe)

1 comment: