Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Sunday, February 10, 2013

हेलो सरकार ! ललितपुरतिर पनि आउने कि ?


विष्णु शर्मा
१० फेव्रुअरी, २०१३

ललितपुर भन्ने ठाउँ नेपाल हो । म त्यहीं ठाउँमा बस्छु । तर, ललितपुर यस्तो पनि ठाउँ हो –जहाँका नीजि स्कुल पढ्ने विद्यार्थीलाई नेपालभन्दा पश्चिमा क्रिस्चियानिटीको चासो हुन्छ र भारतीय राष्ट्रिय चिन्हहरूको ज्ञान हुन्छ । यहाँका ७० प्रतिशत नीजि स्कुलको नाम बाइबलबाट राखिएका छन्, इसाइ बिदामा छुट्टी दिइन्छ र नेपालमा बस्नेबाहेक उनीहरूलाई नेपाल कुन चरीको नाम हो पत्तो हुँदैन । आज (आइतबार) ललितपुरका सबै शिक्षण संस्था बन्द छन् । वैद्य माओवादी निकट शिक्षक र विद्यार्थी संगठनले विदेशी पाठ्यक्रमविरुद्ध बन्द आह्वान गरेका हुन् ।


ललितपुरको डीएभी सुशिल केडिया र विश्व भारती उच्च माविमा भारतीय पाठ्यक्रम खुल्लमखुल्ला पढाइ हुन्छ । यी स्कुलमा पढ्ने विद्यार्थीलाई तिम्रो देशको राष्ट्रिय जनावर, फूल र झन्डा के हो भनेर सोध्दा क्रमशः बाघ, कमल र तिरंगा भन्ने उत्तर दिन्छन् । गम्भिर कुरा त बुद्ध भारतमा जन्मिएको भनेर पढाइन्छ । भारतीय लगानीमा चलेको डीएभीले सरकारलाई कर पनि नतिरहेको आरोप लागेको छ । वर्षअघि जावलाखेलस्थित सेन्ट जेभियर स्कुलका फादरले विद्यार्थीलाई हिन्दु धर्मप्रति भड्काएको कथा अहिलेपनि चर्चिच छ । यो कथा सुन्ने हो भने हिन्दु धर्मप्रति आस्था राख्नेको मन विचलित हुनसक्छ ।

विडम्वना हामीकहाँ भारतीय पाठ्यक्रम पढाउने विषय एउटा पार्टीको मात्र एजेन्डा बनिरहेको अवस्था छ । यो वैद्यको मात्र एजेन्डा होइन, राष्ट्रियताको चर्काे ना्रा लगाउने सत्तारुढ र विपक्षी दलहरुले यसविरुद्ध आवाज उठाउनैपर्छ । ललितपुरका विद्यालय र आइएनजिओमा भैरहेको इसाइ मिसिनरीको पनि खुल्लारुपमा छानविन हुनुपर्छ । राष्ट्रियता खोज्दा भारतीय र युरोपिय युनियनको विरोध गर्नुपर्दैन ।

No comments:

Post a Comment