Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Sunday, February 3, 2013

प्रबल गुरुङका एक्सक्लुसिभ डिजाइनहरू

विष्णु शर्मा
३ फेव्रुअरी, २०१३


प्रवल गुरुङको चर्चा गर्नुअघि न्यूयोर्कमै शनिबार निधन भएका नेपाली फेसन डिजाइनर शैल उपाध्यायलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्छु । पुनः फकौं प्रवलतिरै । गर्मी सुरु भएसँगै नेपाली फेसन डिजाइनर गुरुङले आफ्नो नयाँ डिजाइन बजारमा ल्याउँदैछन् । एक्सक्लुसिभरुपमा आगामी १० फेव्रुअरी आइतबारदेखि प्रवलका गर्मी यामका डिजाइन तपाईंले नजिकका एस्सेसरिज पसलमा पाउन सक्नुहुन्छ । टप्स, सुज, ह्यान्डब्याग्स, ड्रेसेज र ज्वेलरीका डिजाइन बाहिर आएका छन् । १२.९९ अमेरिकी डलरदेखि १९९.१९ अमेरिकी डलरसम्म मूल्य पर्ने प्रवलका डिजाइनहरू गर्मीयाममा उपयुक्त हुनेछन् । पपगायिका ब्रिट्नी स्पेयर्स पनि प्रवलकै डिजाइनमै देखिने आशा गरिएको छ । अमेरिकी प्रथम महिला मिसेल ओबामा, हलिउड र बलिउड सुन्दरीहरूले गुरुङको डिजाइनमा रेडकार्पेट नापिसकेका छन् । नेपाली फेसन आइकन प्रवलका डिजाइन त्यति महंगा पनि छैनन् । (Text & Images support by lex limbu's blog)





















No comments:

Post a Comment