Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Tuesday, February 12, 2013

खिलराज बन्दैछन् चिफ एक्जुकेटिभ, प्रधानमन्त्री होइन

Chief Justice of Nepal : Khilraj Regmi
विष्णु शर्मा
१२ फेव्रुअरी, २०१३

बहालवाला मुख्य न्यायाधीशलाई प्रधानमन्त्री बनाउने भन्ने कुराको नजिक दलहरू पुगेका छन् । तर, उनी प्रधानमन्त्री हुने कि चिफ एक्जुकेटिभ भन्नेबारे सहमति जुटेको छैन । प्रधानमन्त्रीमा प्रधानन्यायाधीशको सैद्धान्तिक सहमति भएपनि त्यसअघि उनलाई राजिनामा गराउने कि नगराउने भन्नेमा विवाद छ । माओवादी राजिनामा नगराइकनै अघि जाने र विपक्षीहरू राजिनामा गराएर अघि बढ्ने मुडमा छन् । विपक्षीहरू न्यायालय र कार्यकारी शक्ति एउटै व्यक्तिमा निहित गर्दा शक्ति पृथकीकरणको सिद्धान्त खलबलिने डरमा छन् । माओवादी व्यक्तिभन्दा पनि संस्थालाई कार्यकारी अधिकार दिन लागिएको तर्कमा छ ।

पाकिस्तानमा परवेज मुसरर्फलाई जसरी चिफ एक्जुकेटिभ बनाइएको थियो, ठीक त्यसैगरि नेपालमा पनि दलहरू त्यही शैलीमा अघि बढ्ने देखिएको छ । मुसर्रफलाई चिफ एक्जुभेटिभ भनिएपनि राष्ट्रपतिको पनि भूमिका दिइएको थियो । यता नेपालमा भने खिलराज रेग्मी अन्तरिम परिषद, निर्वाचन परिषदका अध्यक्ष हुनेछन्, प्रधानमन्त्री हैन । चिफ एक्जुकेटिभ पनि भन्न सकिन्छ, जोसँग सबै कार्यकारी अधिकार रहन्छ । रेग्मी नेतृत्वको परिषद निर्दलीय बन्ने सम्भावना पनि छ । उक्त परिषदमा माओवादी, कांग्रेस, एमाले, मधेशी मोर्चा कसैको पनि सहभागिता हुनेछैन । ब्युरोक्रेसीको सहभागितामा परिषदमा रहनेछ । ठूला नीतिगत निर्णय गर्न दिइनेछैन ।

राजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदा मन्त्रीपरिषदका अध्यक्ष उनी स्वयं बनेका थिए । उनले दुईजना उपाध्यक्ष राखेका थिए । बंगलादेशमा पनि न्यायाधीशको अध्यक्षतामा बनेको मन्त्रीपरिषदले चुनाव गरेको थियो । अहिलेसम्म बाबुराम भट्टराईसँग संसदबाट निर्वाचित प्रधानमन्त्रीको लिगेसी थियो । तर, खिलराजको नेतृत्वमा बन्ने सरकार पुरा रुपमा संविधानभन्दा बाहिरबाट बन्नेछ । खिलराज प्रधानमन्त्री बन्ने हो भने पनि छोटो समयका लागि संसद ब्युँताउनुपर्ने आवश्यकता हुनेछ । यसबारे दलीय निर्णय जुटिसकेको छैन । हामी यतिबेला न्यायालयको गरिमा नगुमोस् भन्ने कामना मात्र गर्न सक्छौं । अरु के नै गर्न सकिन्छ र ?

No comments:

Post a Comment