Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Wednesday, February 13, 2013

भ्यालेन्टाइन डेमा ५ हजार जागिरको घोषणा

विष्णु शर्मा
१४ फेव्रुअरी, २०१३


तपाईं हामी यतिबेला भ्यालेन्टाइन मुडमा छौं होला । कतिपय राजनीतिक अस्थिरता र करियरको चिन्ताले चिन्तित पनि होऔंला । तर, नेपालकै मिहेनती युवाहरूको एक समूहले भ्यालेन्टाइन डेकै मेसोमा रोजगारी दिने घोषणा गरेको छ । कतिपयलाई यो समाचार सस्तो र वाहियात लाग्न सक्छ, तर यो यथार्थ हो । सरकारले समेत यसमा सघाएको छ । समाचार पढौं । 

नेपालस्थित टेक्नो कम्पनी क्लाउड फ्याक्ट्रीले वर्षको अन्त्यसम्म ५ हजार डाटा अपरेटरलाई पार्ट–टाइम नोकरी दिने घोषणा आज (विहिबार) गरेको छ । कम्पनीसँग अहिले ८० फुलटाइम र ६०० पार्ट–टाइम जागिरे छन् । नेपालस्थित दक्ष प्रविधिकर्ताको माध्यमद्धारा विदेशस्थित कम्पनीहरूले डाटा इन्ट्री गर्न रुचि देखाएपछि क्लाउड फ्याक्ट्रीले यो योजना अघि सारेको हो । ‘नेपालस्थित कम्पनीले थप ५००० हजार रोजगार थप्दैछ भन्ने सुन्न पाउँदा हामी झनै छक्क परेका छौं’ क्लाउड फ्याक्ट्रीका प्रमुख कार्यकारी अधिकृत मार्क सियर्सले भने, ‘नेपालमा सफ्टवेयर डिजाइन गर्ने मिहेनती र अचम्म लाग्दा सफ्टवेयर इन्जिनियरहरू छन् । हामी यसलाई लिएर गर्व गर्छौं ।’

मुलुक बेरोजगारी, राजनीतिक अस्थिरता र निराशाले थिलोथिलो भएको बेला क्लाउड फ्याक्ट्रीको यो घोषणा आफैमा खुशिलाग्दो छ । मैले यसलाई उल्टो गंगाको रुपमा लिएको छ । राजनीतिको नदीको विपरित यो रोजगार अफर प्रशंसनीय छ । ‘हाम्रो उद्देश्य नेपालको आर्थिक विकासमा टेवा दिलाउने हो’ नेपाल लगानी बोर्डका कार्यकारी निर्देशक राधेश पन्तले भने, ‘रोजगारी सिर्जना र राष्ट्र निर्माणमा सघाउने हाम्रोजस्तै उद्देश्य बोकेर आएकाले क्लाउड फ्याक्ट्रीसँग सहकार्य गर्न लागेका हौं ।’ सिटी सेन्टरस्थित बिग मुभिज हलमा भेला भएका २०० जनाको भेलालाई सम्बोधन गर्दै पन्तले यो कुरा बताएका हुन् ।

क्लाउड फ्याक्ट्रीका अनुसार कम्पनीको प्रतिबद्धता जनाउन र देशप्रति माया दर्शाउन भ्यालेन्टाइन डेको दिनमा यस्तो घोषणा गरिएको हो । कम्पनीका अनुसार यतिबेला सातामा ५–२० घन्टासम्म कलेजका विद्यार्थीले क्लाउड फ्याक्ट्रीमा पार्ट–टाइम काम गरिरहेका छन् । पैसा कमाउने विदेश हानिने र इन्टरनेटलाई सस्तो मनोरञ्जनको ठाउँ बनाउने नेपाली युवावर्गले भ्यालेन्टाइन डेमा भएको यो घोषणालाई पाठको रुपमा सिक्नु जरुरी छ । यस्तो कार्य नयाँ नेपाल निर्माणको प्रस्थानविन्दु बन्न सक्छ ।

No comments:

Post a Comment