Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Monday, February 4, 2013

साझा बसलाई महिला ड्राइभर र खलासी चाहियो रे !

दीपा शर्मा
४ फेव्रुअरी, २०१३


तपाईं महिला हुनुहुन्छ र बस चलाउन सिक्नुभएको छ भने खुशिको खबर छ । यही महिनाबाट पुनः चल्न थालेको सरकारी साझा यातायातले महिला चालक र महिला खलासी राख्ने भएको छ । साझा चल्ने भएपछि २० वटा टाटा ब्रान्डका गाडी राजधानी आइपुगेका छन् । रत्नपार्क र पुल्चोकलाई केन्द्रविन्दु बनाएर चल्ने साझालाई महिला चालक र परिचालिका चाहिएको विज्ञापन आज (सोमबार)को कान्तिपुरले छापेको छ । यातायातका म्यानेजर महेन्द्रराज पाण्डेयले मध्य फेव्रुअरीबाट साझा यातायात चलाउन लागिएको बताए । ‘हामीले विशेषगरी महिला चालक र खलासीलाई ग्राहयता दिनेछौं’ उनले भने, ‘महिला सशक्तीकरण, रोजगारी र लैंगिक समानताको मुद्दालाई तपाईंले साझा यातायातमा पाउनुहुनेछ ।’ साझा यातायातले यात्रुको सुविधाका लागि टिकट पनि बाँड्ने भएको छ ।


हरिहर भवन–त्रिपुरेश्वर–रानीपोखरी–कमलपोखरी–गौशाला–कोटेश्वर–सातदोबाटो–लगनखेल (१६.५ किमी) र सातदोबाटो, लगनखेल, जावलाखेल, त्रिपुरेश्वर, टेकु, कालिमाटी र कलंकी (१६.४ किमी)मा साझा चल्नेछ । माओवादी द्वन्द्वको बेला विस्थापित भएको नीलो रङको गाडी साझा माओवादी सरकारमै भएको बेला चल्न थालेको हो । प्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीटरबाट साझा चलाउने घोषणा गरेका थिए ।

सस्तो र भरपर्दो यातायात भनेर चिनिएको साझालाई लिएर गीत पनि बनेका छन् । चलचित्र ‘फिलिम’मा हरिवंश आचार्यले ‘साझा बसमा जो पनि चढ्दछ, क्लिन्डरले २ रुपैंयाको टिकट काट्दछ’ भनेर गीत गाउँदै साझाको लोकप्रियता दर्शाएका छन् । तपाईं पनि साझा चढ्न काठमाण्डू आउने होइन ?

No comments:

Post a Comment