Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Friday, February 15, 2013

भुटानको राजधानी थिम्पु घुमघामपछि...!

A beautiful Bhutanese kids with smile. Image: google
विजया सिन्हा
१५ फेव्रुअरी, २०१३


भुटान नेपालको एउटा पूर्वी छिमेकी राष्ट्र हो । प्रसिद्ध फोब्र्स म्यागजिनका अनुसार भुटानका नागरिक विश्वकै खुशिमध्येका हुन् । त्यहाँको प्रतिव्यक्ति आम्दानी दक्षिण एसियामा सबैभन्दा उच्च छ । यतिबेला भुटानले जलस्रोतमार्फत समृद्धिको यात्रा हाँकिरहेको छ । राजनीतिक स्थिरता नै भुटानी विकासको सहायक हो । हाम्रो देश नेपालले भुटानबाट सिक्नुपर्ने धेरै छन् । हामी कहाँ राजतन्त्र विकासको अवरोध थियो तर भुटानमा राजतन्त्र साधक बनिरहेको छ । भारतीय ब्लगर तथा साथी विजया सिन्हाले हालै थिम्पुको भ्रमण गरी यी तथ्य संकलन गरेका थिए ।


१) खुर्सानी भुटानको राष्ट्रिय तरकारी हो । त्यहाँका सबैजसो घरका बार्दलीमा खुर्सानीको माला र आँगनमा थुप्रा देखिन्छन् । त्यो मालामा एकसय खुर्सानी उन्ने चलन रहेछ ।

२)एमा ड्याट्सी भुटानको राष्ट्रिय खाना हो । यो खुर्सानी र चीज मिसाएर बनाइएको हुन्छ र पकाउन पनि सजिलो छ । ४० वटा हरिया खुर्सानी र एक बटुका चीज मिसाएर बनाइएको यो परिकारलाई भुटानीहरू दिनहुँजसो खान्छन् ।

३) भुटानको ड्रुक एयर विश्वकै कहलिएको वायु सेवा हो । विश्वमा यसका ८ पाइलटमात्र छन् । ती सबै पाइलट आफैमा दक्ष छन् । तर, भुटानको पारोस्थित एयरपोर्ट वास्तवमै संसारकै जोखिमपूर्ण विमानस्थल हो । छेउछाउका पहाडहरू विमान उडान र अवतरणका लागि अप्ठ््यारा छन् ।

४) अत्याधिक ट्राफिक जामका कारण प्लेनबाट उत्रिएपछि गाडीमा निस्कन कठिन छ । विमान अवतरण गर्दा सडकमा एम्बुलेन्सहरू लाइनमा बसेका हुन्छन् ।

५) अखबार र म्यागजिन महंगा छन् भुटानमा । त्यहाँ अंग्रेजी भाषामा झन्डै १० पत्रिका छापिन्छन् । समाचार र फिचर म्यागजिनको मूल्य १०० भारु पर्छ । मुख्य भारतीय म्यागजिनभन्दा तीन गुणा महंगो यो मूल्य । १० पेजको एउटा न्यूजपेपरको मूल्य १० देखि १५ भारु पर्छ । यो टाइम्स अफ इन्डियाको चार पेजमात्रै हो ।

६) भुटानमा एउटा पनि दैनिक पत्रिका छैनन् । सरकारी मुखपत्र ‘क्युनसेल’ सातामा दुईपटक नियमित हुने पत्रिका हो । अरु सबै हप्तामा एकपटक छापिन्छन् ।

७) राजधानी थिम्पुमा एउटा पनि ट्राफिक लाइट छैनन् । सम्भवतः भुटानभरि नै सडक बत्ती नहुन सक्छन् । एउटा मात्र ट्राफिक शाखा हामीले देख्यौं । नागरिक शान्तपूर्वक र ओभरटेक नगरिकन गाडी हाँक्छन् ।

८) भुटानी सडकमा भारत र भुटानको पैसाको विनिमय मूल्य एउटै रहेछ । यथार्थमा ५० भारु बराबर ५०.४० रुपैंयामा भारतमा हुन्छ । भुटानी मुद्रा ५० गुलट्रम बराबर ४९.७० भुटानमा पर्छ । अमेरिकी डलरको विनिमय दर भने उच्च छ ।

९) प्रधानमन्त्री र मन्त्रीपरिषद सदस्यहरूले समय–समयमा पत्रकार जमघट गर्छन् । यदि तपाईं भारत र नेपालबाट प्रेसमिटमा सहभागि हुन जानुभयो भने तपाईंलाई मन्त्रीपरिषदका सदस्यहरूले हार्दिक र औपचारिक स्वागत गर्छन् ।

१०) सूर्ति र रक्सीप्रति भुटानको दृष्टिकोण अलग्गै छ । धुमपान पूर्णरुपमा वर्जित छ । एकपटक धुमपान गरेको आरोपमा एकजना बौद्ध भिक्षु पक्राउ परेका थिए । त्यसकारण भुटानीले कोठाभित्र र झ्याल ढोका थुनेर धुमपान गर्छन् ।

११) रक्सीलाई हार्दिकता र स्वागत गर्दा टक्राउने गरिन्छ । चिया र अन्य पेय पदार्थसँगै रक्सीलाई पनि बेच्न राखिने गरिन्छ । तर, बेलुका ७ बजेसम्म मात्र रक्सी खान पाइन्छ ।

१२) मंगलबार भुटानमा चहलपहल कम हुने भएपनि बार र पवहरू सप्ताहन्तमा विहान ३ बजेसम्म खुला हुन्छन् । अधिकांश थिम्पुका युवापुस्ता नै बार र पवमा जान्छन् ।

१३) भुटानमा भुटानी फिल्महरू प्रदर्शनमै प्रतिबन्ध छ । युवाबर्गले भुटानी फिल्म हेर्न मान्दैन । इन्टरनेटबाट डाउनलोड गरेर उनीहरू अंग्रेजी र हिन्दी फिल्म हेर्छन् । औंलामा गन्न सकिने संख्यामा मात्र भुटानमा फिल्म हल छन् । तर, भारत र नेपालका मल्टिप्लेक्सभन्दा साना ।

१४) भुटान घुम्न जाने विदेशी पर्यटकले भुटानमा दैनिक २५० अमेरिकी डलर तिर्नुपर्छ । यसलाई पर्यटक कर भनिन्छ । भारतीय पर्यटकलाई भने कर लाग्दैन ।


No comments:

Post a Comment