Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Tuesday, February 5, 2013

फिल्म समिक्षा : काठमाण्डू –मिरर इन द स्काई

विष्णु शर्मा
६ फेव्रुअरी, २०१३


‘काठमाण्डू : मिरर इन द स्काइ’सँग मेरो भावनात्मक सम्बन्ध छ । यो फिल्म जसमाथि बनेको हो, ती स्पेनिस महिलासँग गतिलै चीनजान छ । प्रहरीद्धारा निर्घात कुटपिट गरिएपछि नर्भिक अस्पतालको वार्डमा उपचार गराइरहेकी उनै भिक्टोरिया सुविरानासँग तीन वर्षअघि मेरो पहिलो भेट भएको थियो । अन्ततः सर्वोच्च अदालतले उनको पक्षमा फैसला ग¥यो र स्पेनले फिल्म बनायो ।  म जतिबेला ‘यो साता’ साप्ताहिकमा काम गर्थेँ । अहिलेपनि उनी भिक्टोरिया आफ्ना पति, नेपाली कानुन र यहाँको सिस्टमसँग लडिरहेकी छिन् । ग्राजुएट गरेका उनका छोराछोरी अहिलेपनि नागरिकताविहिन छन् । स्पष्ट भन्नुपर्दा, जति नजिकबाट मैले भिक्टोरियालाई चिनेको थिएँ, उति नै भिक्टोरियामाथ बनेको यो फिल्मले ममा कुनै प्रभाव पार्न सकेन । किनभने स्टोरी टेलिङ भनेको पृथक कुरा हो ।

मेरो समिक्षा : चलचित्र (काठमाण्डू-मिरर इन द स्काइ)

रेटिङ : २ तारा

स्टार कास्ट : भेरोनिका इचुगुई, सौम्यता भट्टराई, नोर्बु छिरिङ लामा

राम्रो के छ : भेरोनिकाको बहुचरित्रकरणयुक्त (मल्टिडायमेन्सन) अभिनय, सिनेम्याट्रोग्राफी र हल्का दर्शकीय मनोविज्ञान

नराम्रो के छ : द्वन्द्वमै आधारभूत समस्या । इन्गेजमेन्ट, औपन्यासिकता र भावनात्मक सम्प्रेषणको अभाव । ड्रामा हावी । भिक्टोरिया सुविराना (न्यारेटर)को बायोपिक रुपान्तरणमै समस्या ।

लु ब्रेक : जतिबेला पनि ।

हेरम कि नहेरम : अवश्य पनि हेरम साथीहरू । नेपाली समाजलाई नजिकबाट नियाल्न हेर्न जरुरी छ । हेर्नुभएन भने राम्रो फिल्म गुमाउनुहुनेछ । याद रहोस, यो फिल्ममा रेखा थापाको जस्तो मसाल चाहिँ मिसाइएको छैन । यो डार्क फिल्म हो ।

No comments:

Post a Comment