Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Monday, February 25, 2013

यसकारण ‘अर्गो’ले जित्यो ओस्कर अवार्ड

विष्णु शर्मा
२५ फेव्रुअरी, २०१३


अन्ततः मेरो प्रेडिक्सन मिल्यो र ‘अर्गो’ले यसवर्षको ओस्कर (एकेडेमी) अवार्ड जित्यो । सर्वोत्कृष्ट फिल्म बनेको ‘अर्गो’ले इरानमा अपहरणमा परेका ६ अमेरिकीको उद्दारको कथा भन्छ । वार्नर ब्रोको यो फिल्म इरानमाथिको कथामा ओस्कर अवार्ड जित्ने दोस्रो फिल्म हो । मुस्लिम आणविक राष्ट्र इरानमाथि पश्चिमले इम्बार्गो लगाइरहँदा त्यहीँ माथि बनेको फिल्मले अवार्ड जित्नुलाई अमेरिकी परराष्ट्र नीतिको जितका रुपमा पनि हेरिएको छ । इरानलाई गिराउन राष्ट्रसंघिय च्यानलबाट नसकेपछि आर्थिक नाकाबन्दी लगाउन कस्सिएको अमेरिकाले ‘अर्गो’मार्फत इरानी सुरक्षाको धन्जी उडाएको छ । ‘अर्गो’को जितमाथि इरानले प्रतिक्रिया जनाउला कि भनेर मध्यपूर्वमा यतिबेला चासो बढेको छ । इरानमाथिको फिल्मलाई जिताएर वासिङ्टनले अप्रत्यक्ष रुपमा बेइजिङमाथि पनि दवाव सिर्जना गरेको हुनसक्छ ।

मलाई मनपर्ने (जसको तस्विर मैले ६ महिनादेखि फेसबुक टाइमलाइनमा राखेको छु) डेनियल डे लेविसले त तीनपटक उत्कृष्ट अभिनेताको अवार्ड जितेर इतिहास रचे । ओस्कर रेडकार्पेटमा भद्र मुद्रामा पत्नीसँग देखिएका बेलायती अभिनेता लेविसको पर्सनालिटीबाट हाम्रा सेलिव्रेटीले सिक्नुपर्ने कुरा धेरै छन् । ‘सिल्भर लाइनिङस प्लेबुक’बाट सुन्दरी हिरोइन जेनिफर लरेन्सले ट्रफी उचालिन् । ‘लाइफ अफ पाइ’बाट दोस्रोपटक उत्कृष्ट निर्देशकको अवार्ड जितेका ताइवानी निर्देशक आङ लीको विजयलाई लिएर सिंगो एसिया खुशि छ । नेपालले आङ लीको जितमा खुशि साट्नुपर्छ । एसियाबाट तीन अवार्ड जितेर बंगाली टाइगरको कथामा बनेको फिल्मले एसियाको प्रतिनिधित्वलाई बलियो बनाएको छ । ‘जिरो डार्क थर्टी’लाई पनि हराउनु ‘लाइफ अफ पाइ’को उत्कृष्ट जित हो ।

‘अमोर’को स्टोरी टेलिङले मलाई रुवाएको थियो । फ्रेन्च भाषामा ‘अमोर’को अर्थ लभ हुन्छ । मृत्य पनि कसरी कलात्मक हुन्छ भन्ने थिममा बनेको यो अष्ट्रियन फिल्म गैरअंग्रेजी भाषामा बनेको उत्कृष्ट विदेशी फिल्म बन्यो । ह्वाइट हाउसबाट भएको प्रत्यक्ष प्रसारणमा अमेरिकी प्रथम महिला मिसेल ओबामाले भिडियो कन्फ्रेन्सबाटै उत्कृष्ट फिल्मको अवार्ड दिइन् । बेन एफलेक निर्देशित ‘अर्गो’को अवार्ड लिन जोन निकोल्सन ह्वाइट हाउस पुगेका थिए । ओस्कर होस्ट सेट म्याकफार्लेनको ‘अर्गो’बारेको एउटा जोक्स साँच्चिकै गम्भिर लाग्यो मलाई ‘अर्गोको कथा टप–सेक्रेट छ, त्यसैकारण यसका निर्देशक पनि यो समारोहमा अनुपस्थित भएको हुनुपर्छ । हा हा हा ।’

‘सिल्भर लाइनिङस प्लेबुक’मा एउटी सुन्दरी विधवाको भूमिकामा अभिनय गरेर जेनिफरले उत्कृष्ट एक्ट्रेसको अवार्ड जितिन् । ओस्कर रेडकार्पेटमा यी २२ वर्षिया हिरोइनको कस्ट्युमलाई फेसन क्रिटिक्सहरूले नम्बर वान भनेर प्रंसशा गरेका थिए । एना हाथवेले ‘लेस मिजरेवल्स’बाट उत्कृष्ट सहायक अभिनेत्रीको अवार्ड जितिन् । बेलायती गायिका एडेलले जेम्स बन्डी फिल्म ‘स्काइफल’को पाश्र्वगायनका लागि अवार्ड थापिन् । साढे तीन घण्टा लामो समारोहमा ५० वर्ष लागेको जेम्स बन्डप्रति शुभकामना दिइएको थियो । रोचक कुरा त, ओस्करमा पुगेका सबै सेलिव्रेटीलाई आयोजकले अनिवार्य फोटो र स्टाटस ट्वीट गर्न लगाएका थिए । यसपटक सामाजिक सञ्जालमार्फत ओस्करको पहुँच विश्वभरि छरिएको थियो ।

नेपालले ओस्करबाट खोज्नुपर्ने सान्दर्भिकता भनेको कथा भन्ने शैली (स्टोरी टेलिङ) नै हो । हलिउडले बितेको वर्ष १०.८ विलियन डलर आम्दानी गरेको थियो । तर, पैसा र चर्चा कमाउन बिग बजेटका ठूला फिल्म एउटा पनि ओस्करमा मनोनित समेत भएनन् । कथा भन्ने शैलीमा उत्कृष्ट अनि मन छुने कथा समेटेका आर्टस् शैलीका फिल्ममात्र ओस्करमा विजयी भए । नेपालले यसरी नै कथामा मौलिकता खोज्नुपर्छ । कथामा हामी हलिउडभन्दा धनी छौं । उद्योग पो हलिउड, फिल्मको कथा चाहिँ बाहिरी विश्वको मात्र । हामीले कम लगानी र उपलब्ध स्रोत साधनलाई ध्यानमा राखेर फिल्म निर्माण गर्नुपर्छ । ‘मार्भल एभेन्जर्स’, ‘ह्यारी पोर्टर’, ‘डार्क नाइट राइजेज’ जस्ता पैसाका खोलो बगाउने फिल्मबाट होइन कम लगानी र स्टोरी टेलिङका कारण राम्रा ‘लाइफ अफ पाइ’, ‘लिंकन’, ‘लेस मिजरेबल्स’ जस्ता फिल्मबाट हामीले सिको गर्नुपर्छ, अनि पो क्राफ्ट राम्रो हुन्छ ।










कुन कुन फिल्म उत्कृष्ट ?

वेस्ट फिल्म : अर्गो
वेस्ट एक्टर : ड्यानिअल डे (लिनकोल्न)
वेस्ट एक्ट्रेस :जेनिफर ल्वरेन्स (सिल्भर लाइनिङ प्लेबुक)
वेस्ट डाइरेक्टर : एङ ली (लाइफ अफ पाइ)
वेस्ट एनिमेटेड फिचर फिल्म : ब्रेभ
वेस्ट सिनेमाटोग्राफी : क्लाउडियो मिरान्डा (लाइफ अफ पाइ)
वेस्ट सर्ट फिल्म एनिमेटेड :पेपरम्यान
वेस्ट सर्ट फिल्म (लाइभ एक्सन) : कर्फ्यू
वेस्ट ओरिजिनल स्क्रिनप्ले : क्वेन्टिन तारान्तिनो
वेस्ट एडप्टेड स्क्रिनप्ले : क्रिस टेरियो (अर्गो)
वेस्ट ओरिजिनल सङ् : एडेल एड्किन्स र पौल इपवर्थ (स्काइफल)
वेस्ट ओरिजिनल स्कोर : मिखायल डान्ना (लाइफ अफ पाइ)
वेस्ट एक्टर इन सपोर्टिङ रोल : क्रिस्टोफ वाल्ट्ज (डिजेङगो अनचेन्ड)
वेस्ट भिजुअल इफेक्टस् : लाइफ अफ पाइ
वेस्ट डकुमेन्ट्री फिचर : सर्चिङ फर सुगरम्यान
वेस्ट डकुमेन्ट्री सर्ट : इन्ओसेन्ट
वेस्ट साउन्ड मिक्सिङ : लेस मेजरेवल
वेस्ट साउन्ड एडिटिङ : जेरो डार्क थस्टी र स्काइफल
वेस्ट फिल्म एडिटिङ : विलियम गोल्डनवर्ग (अर्गो)
वेस्ट सपोर्टिङ एक्ट्रेस : यन हेथवेय (लेस मेजरेवल)
वेस्ट फरेन ल्याङग्वेज फिल्म : अमौर
वेस्ट मेकअप एन्ड हेयरस्टाइल : लिसा वेस्टकट र जुलया डार्टनेल (लेस मेजरेवल)
वेस्ट प्रोडक्सन डिजाइन : लिन्क्लोन
वेस्ट कस्टम डिजाइन : ज्याक्युलिन ड्युरान (अन्ना कारेनिना

No comments:

Post a Comment