Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Wednesday, February 20, 2013

कोरियन गायिकाको झमेलमा बबाल कन्सर्ट

विष्णु शर्मा
२० फेव्रुअरी, २०१३

कतिपय न्यूज–इस्यु बाजा बजाएर आउँदा रहेनछन् । यस्तै भयो, दक्षिण कोरियाली चर्चित पपगायिका बेइक जी योङको काठमाण्डू कन्सर्ट । ललितपुरको झम्सिखेलमा यी मंगोलियन डिभाले मंगलबार बेलुका सट्याक–सट्युक कन्सर्ट गरिन् । नेपालमै एउटा विद्यालय खोल्न योङले यस्तो कन्सर्ट गरेकी हुन् । कन्सर्टबाट संकलित रकमले विद्यालय खोल्ने तयारीमा जुटेकी छिन् उनी । कोरियाली नेट टेलिभिजनले योङको कन्सर्ट प्रसारण गरेको थियो । जहाँ उनले कोरियाली भाषामै गीत गाएकी छ्नि र सबैलाई मख्ख पारेकी छिन् ।

तपाईं योङको यो च्यारिटी अभियानमा डोनेसन गर्न सक्नुहुनेछ । आर्थिक सहयोग गर्नेहरूलाई उनले सीडी र टिसर्ट वितरण गर्नेछिन् । पप सम्बन्धी वेभसाइट एलेकपपले दुईसाताअघि योङले स्कुल खोल्न नेपालमा कन्सर्ट गर्न लागेको खबर लेखेको थियो । सन् १९९९ देखि चर्चामा आएकी योङ दक्षिण कोरियामा रुचाइन्छिन् । केपप, आरएन्डबीजस्ता जनरामा गीत गाउने योङको नेपाल बसाइ भने खुलेको छैन ।


कोरियाली भाषा नबुझेकोले भिडियो सेयर गर्न त सकिँन तर तपाईं तलको लिंकमा क्लिक गरेर उक्त भिडियो मजाले हेर्न सक्नुहुन्छ ।

http://pann.nate.com/video/221283168

No comments:

Post a Comment