Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Wednesday, February 6, 2013

हिरोको कविता (राजवल्लभ कोइराला)

राजवल्लभ कोइराला
५ फेव्रुअरी, २०१३

दौड
छालहरुको
थाहा छैन
गन्तब्य कुन
छालहरु
दौडिदै छन्
चिप्लिदै छन्
थेचारिदै र पच्छारिदै
कहिले काहि दौडीनछन्
लाग्छ,
फुत्कन खोज्दै छन्
उनीहरु अस्तिवको खोजिमा
सायद
निसासिएका छन्
पानी भित्रै उनीहरु
फेरि पनि
हावा लाग्दा मात्र
उत्तेजित हुन्छन
थाहा छैन किन
अथक उम्कन्ने प्रयास
फगत,
चिप्लिनछन् अनि लडछन्
चर्किन्चन  अनि फुटछन्
भिजाई दिनछन्
किनारहरू सेता रगतले


यहाँ बिचार छन्
छैनन् सोच
यहाँ उपाए छन्
छैनन् तरिका
छन् भाब
छैनन् संवाद

अस्थिर मन
बेग्र सास
थिर शरीर
सास बोल्छ
सुस्केरामा

यहाँ बत्ति छैन ..
यहाँ छाया पनि छैन..

 
साथी भाईको कथा सुन्छु, बेथा सुन्छु, सार्हो माया लागेर आउछ .. मनै त हो ..
के गर्ने मनले चाहेर मात्रै केहि नहुदो रहेछ ..
जीवन भन्ने नै येस्तै रहेछ ..
येस्तै भनेर पनि खै के लाई भन्ने !! जस्तो भोग्यो तेस्तै रहेछ जिन्दगी ..
कठै जिन्दगीलाई पनि के गुनासो छ र ..
कसैले भाग्य, कसैले समय, कसैले संगत, कसैले कर्म लाई दोष दिनछन्..
बोल्ने भए जिन्दगीलाई सोध्ने थिए, किन येति बहुरुपी छस त भनेर ??
मिल्ने भए देउतालाई पनि भेट्ने थिए, कस्तो अजब सृष्टि तिम्रो भनेर !!
अजब छ सृष्टि, अजिब छ जिन्दगी ..
तर मनका चक्षुले हेर्नु पर्छ सुन्दर छ जिन्दगी .. जिन्दगी भन्दा सुन्दर छ संसार ..
सम्हालिनु नै पर्ने रहेछ जिन्दगीमा आफैलाई..
आफ्नो सास अनि आफ्नो छायालाई ..
तिमी छौ र छन् सबै ..

No comments:

Post a Comment