Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, February 16, 2013

अमेरिकी केटीको ‘जासुसी क्यामेरा’का यथार्थ

Ulyana Horodyskyj is in USA
विष्णु शर्मा
१५ फेव्रुअरी, २०१३


सगरमाथामा ‘जासुसी क्यामेरा’ राखिएको भन्ने हल्ला केही अघि नेपाली मिडियामा चर्चित बनेको थियो । नेपाली भूमि प्रयोग गरेर अमेरिकाले चीनको गतिविधि नियाल्न यस्तो क्यामेरा राखिएको भन्ने आरोप पनि यो कामविरुद्ध लगाइयो । ‘न्यूज ट्वान्टीफोर’ टेलिभिजनले यथार्थ नबुझी हावादारी ‘पावर न्यूज’ पनि बनायो । यतिबेला त्यहाँ क्यामेरा राखेकी अमेरिकी युवती उल्याना नादिया होरोडेस्की मेरो सम्पर्कमा आएकी छिन् । युनिभर्सिटी अफ कोलोराडोकी पीएचडी सोधकर्ता रहेकी नादियाले मलाई इमेल गरी हिमालय क्षेत्रको हिमनदीको बारेमा टाइमल्याप्स क्यामेराको माध्यमबाट अनुसन्धान गरिरहेको र यतिबेला क्यामेरा हटाउनुपरेको लेखेकी छिन् । आफूले गरेका अनुसन्धानका कारण र प्रोजेक्टलाई निरन्तरता दिनेबारे उनले यसरी लेखेकी छन् । उनको इमेल तल पढ्नुस :


‘गोजुम्पा हिमताल अनुसन्धान परियोजना सन् २०११, जुनमा हामीले थालेका थियौं । हिमाल बग्ने हिमनदीले बनेका तालमा देखिने मौसम अनुकूलको परिवर्तनलाई क्यामेरामा कैद गर्ने उद्देश्यले यो प्रोजेक्ट सुरु गरिएको थियो । यी हिमताल बन्ने संरचना र विकासले हिउँ निख्रिने उत्प्रेरक बारे जान्न मद्दत मिल्छ । जसअनुसार, आउँदा दिनमा हिमतालको विकास र संरचनाले हिमनदीको अवस्थाबारे पनि जान्न सकिन्छ यसका लागि समय महत्वपूर्ण हुन्छ । यसअघि सन् २०००, २००१ र २००९ मा गरिएको खोजअनुसन्धान अनुसार चोयु हिमालबाट पग्लिएको हिउँबाट बनेको गोजुम्पा हिमताललाई मैले आफ्नो रिसर्चका लागि छानेको थिएँ । जुन हिमतालमा समयको अन्तरालमा देखिने परिवर्तनलाई जान्न फोटो खिच्नु आवश्यक थियो ।

अनुसन्धानको पहिलो चरणमा हिमताल तलतिरको बदलाव खिच्न तीनवटा क्यामेरा जडान गरिएको थियो । हिउँ पग्लने समयमा उक्त हिमताल पूर्णतया सुख्खा हुने नतिजा उक्त चरणमा मिलेको थियो । यो समयमा हामीलाई हिउँ पग्लने समयका लागि भनेर तालमा आउने र बाहिरिने पानीको मात्रा तथा एउटा फोटो खिच्ने सर्तमा हामीले अनुमति पाएका थियौं । यो बीचमा महिना र एकवर्षमा हिमतालको घनत्व कति हुन्छ र त्यसको विकासक्रम जान्न हामीलाई सहयोग मिलेको थियो । ती फोटाहरूले हिमताल बन्ने प्रक्रिया र सुख्खा याममा पानीको घनत्वलाई राम्रोसँग देखाएका थिए ।


A camera, Which was install by Ulyna : Image -News24 TV
 अनुसन्धानको दोस्रो चरणमा नोभेम्बर, २०१२ मा सुरु भएको थियो । यो चरणमा हाम्रो अनुसन्धान गोजुम्पा हिमतालको पानीले कसरी बाटो बनाएर बाहिरिँदैछ भन्ने पत्ता लगाउनु थियो । हाम्रो यो डाटा यतिबेला अध्ययन र प्रशोधनकै चरणमा भएकाले सम्भवतः वर्षको अन्तिममा सार्वजनिक गर्नेछौं । यतिबेला अनुसन्धानका लागि हिमताल वरिपरि राखिएका सबै उपकरण हटाइएको छ । मे २०१३ का लागि अनुसन्धान प्रक्रियालाई निरन्तरता दिनका लागि यतिबेला हामी कागजी प्रक्रियामा छौं ।’

No comments:

Post a Comment