Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Tuesday, February 5, 2013

एस्टेरोइड आउँदैछ पृथ्वीको नजिक

विष्णु शर्मा
६ फेव्रुअरी, २०१३


आउँदो फेव्रुअरी १५ का दिन खगोल क्षेत्रमा महत्वपूर्ण घटना हुँदैछ । १५० फिट ब्यास र फूटबल मैदानको आधा क्षेत्रफल ओगट्ने एस्टेरोइड पृथ्वीमा खस्दैछ । नासाका अनुसार भ्यालेन्टाइन डे लगत्तै पृथ्वीमा खस्ने उक्त एस्टेरोइडले अन्तरिक्षमा रहेका स्याटेलाइमा क्षति पुर्‍याउने छ । यो महिनाको अन्त्यमा पृथ्वीको नजिक आइपुग्ने उक्त चट्टानको डल्लोले पृथ्वीमा भने क्षति नपु¥याउने दाबी नासाले गरेको छ । पृथ्वीबाट १७ हजार २०० माइल्स नजिक आइपुगेपछि यो एस्टेरोइडले स्यालेटाइटमा ठक्कर खानेछ । जसका कारण कतिपय देशको संचार सम्पर्क समेत अवरुद्ध हुने जनाइएको छ ।


यो एस्टेरोइड खस्नुलाई किनपनि महत्वका साथ हेरिएको छ भने पृथ्वीका कतिपय संगठन र मानिसले आफू मालामाल हुने सपना देखिरहेका छन् । हीराभन्दा पनि महंगो धातु रहेको उक्त चट्टानको डल्लोलाई आफ्नो देशतिर तान्ने होड सुरु भैसकेको छ । प्रख्यात सर्च इन्जिन गुगल र प्रसिद्ध हलिउड निर्देशक जेम्स क्यामरुनले एस्टेरोइडलाई आकर्षित गर्न क्यालिफोर्नियाको मरुभूमिमा खगोल स्टेसन नै तयार गरेका छन् । चीनले पनि उक्त एस्टेरोइडबारे चासो जनाएको छ । दसवर्षअघि अमेरिकाको एरिजोनामा एस्टेरोइड खसेको थियो । कतिपयले यसलाई कुवेरको खजाना पनि भनेका छन् ।

नासाका वैज्ञानिकले यो एस्टेरोइडलाई फेव्रुअरी १६ देखि २० सम्म पछ्याइरहनेछन् । गत फेव्रुअरी चारमा नासाद्धारा जारी विज्ञप्तीमा उल्लेख भएअनुसार यो एस्टेरोइड चन्द्रमाभन्दा पनि नजिक हुँदा स्याटेलाइटमा धक्का खानेछ । सन् २०१२ मा पनि यस्तै एउटा एस्टेरोइड २२ हजार २ सय ४५ माइल नजिक आएको थियो तर पृथ्वीमा खसेन । प्रत्येक ४० वर्षमा यस्ता एस्टेरोइड पृथ्वीमा खस्ने बताइएको छ । नासाले गत विहिबार यसबारे जानकारी दिन मुख्यालयमा प्रेसमिट गरेको थियो । यो एस्टेरोइड पृथ्वीमा खस्यो भने यसले ४५ मिटर व्यासको खाडल बनाउनेछ । मानवीय बसोबास भएको स्थानमा खस्यो भने धनजनको क्षति पनि हुनसक्छ । (शब्द र तस्विर : नासा वेभसाइट)

No comments:

Post a Comment