Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Saturday, February 9, 2013

प्रवल गुरुङलाई दश प्रश्न (टाइम म्यागजिन)

विष्णु शर्मा
९ फेव्रुअरी, २०१३


न्यूयोर्क फेसन सप्ताहमा तपाईं प्रतीक्षित बन्नुभएको थियो । तपाईंप्रति सिंगो विश्वकै आकर्षण किन ?
यो विलियन डलरको उद्योग हो जसको प्रभाव देशको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पर्छ । मैले ९८ प्रतिशत डिजाइन न्यूयोर्कमै रहेर गरेँ र यहीं मैले रोजगारको सिर्जना गरेको छु । फेसन ग्ल्यामर मात्र होइन, यसको गहिराइलाई मैले राम्रोसँग बुझेको छु ।


तपाईंले डिजाइन गर्ने एउटा लुंगी (गाउन)को मूल्य ३ हजार अमेरिकी डलर कसरी पर्न आउँछ ?
पेरिस र इटालीबाट आउने फेव्रिकबाट मैले गाउन बनाउँछु । जसको ढाँचा शाष्त्रीय देखिन्छ । यसले संस्कृतिक पुँजीलाई पनि जोगाएजस्तो देखिन्छ । मैले एउटा गाउन बनाउन महिनौंदेखिको अनुसन्धानमा रहेर तयार गर्छु । यसले अमेरिकी संस्कृतिलाई पनि जोगाएकै छ ।

प्रथम महिलाका रुपमा मिसेल ओवामाले तपाईंका थुप्रै डिजाइन लगाइन् । तपाईंले एकपटक भन्नुभएको थियो –यो सफलता मेरो मात्र होइन, मेरो देश नेपालको लागि पनि हो । कसरी ?
नेपाल भारत र चीनबीच अवस्थित तेस्रो देश हो । जब त्यो क्षेत्रको बारेमा कुरा गरिन्छ, नेपाललाई बेवास्ता गरिन्छ । (मेरो डिजाइन लगाउँदै) जब तिमी तिम्रो देश फर्किएर यहाँ सिकेको सिप र ज्ञान बाँड्छौं, अवश्य पनि तिम्रो सपना र प्रतिबद्धता पुरा हुनेछ ।

तपाईं अमेरिका आउनुमा ओफ्रा विन्फ्रेको स्पेसल टीभी प्रोग्रामको कारण महत्वपूर्ण थियो । के यो सत्य हो ? के तपाईं अहिले पनि उनको ठूलो प्रशंसक हुनुहुन्छ ?
हो, उनको टीभी कार्यक्रम मेरा लागि महत्वपूर्ण प्लेटफर्म थियो । मैले पहिलोपटक सेलिव्रेटी हुनुको मूल्य त्यहीं कमाएको थियो । कसैले पनि मलाई आफ्नै देश फर्क भनेनन् । छनौट विनै तिमीले यो निर्णय गर्नुपर्छ भनियो, त्यो निर्णयले ओफराको व्यक्तित्वपनि झल्काएको थियो ।

प्रायः तपाईं सेतो टिसर्ट र जिन्स पाइन्ट लगाउनुहुन्छ । यसकारण कि तपाईं क्याथोलिक स्कुलबाट आउनुभएको हो ?
म सजिलै ढंगले डिजाइन, आकार, रुप र रङ छान्छु । त्यसकारण मलाई खाली क्यानभास हुन मन लाग्छ । त्यो सोच्न मलाई आफूले लगाउने आरामदायी कपडाको मद्दत पनि मिल्छ । अवश्य पनि त्यो क्याथोलिक स्कुलबाटै आउँछ जहाँ मैले दसवर्षसम्म एउटै रङ र डिजाइनको लुगा लगाएँ ।

तपाईंको डिजाइन जुनियर क्रिउमा बिक्री हुँदैछ र तपाईं चाँडै बजारमा लक्षित पनि बन्नुहुनेछ । के तपाईं आफ्नो ब्रान्डलाई किन यति सस्तो बनाउँदै हुनुहुन्छ ?
यदि तपाईंले सहि पार्टनर छान्नुभयो भने यो एकदमै राम्रो हुनेछ किनभने तपाईं भिन्न दर्शक र क्रेताको बीचमा पुग्नुहुनेछ । ती केटीहरू जो मेरो डिजाइनलाई पैसा हालेर किन्न सक्दैनन् र ट्वीट गर्दै तपाईंको डिजाइन एकदमै मनपर्छ भन्छन्, यो संयोजन मेरो डिजाइनलाई सेयर गर्ने माध्यम पनि हो ।

मोडलमा विविधता अभाव भएको भन्दै फेसन प्रायः आलोचित बन्ने गरेको छ । एसियाली फेसन डिजाइनरका रुपमा के तपाईंले आफ्नो डिजाइनिङमा केही परिवर्तन गर्दै हुनुहुन्छ ?
मलाई धेरै थाहा छैन, तर पक्का के हो भने फेसनमा मोडलिङ विविधताको अभाव छ । हुन त फेसनले समाज झल्काउँछ । जब ग्लोबल पावरको रुपमा जसरी एसियाको उदय भैरहेको छ, त्यसै गरी एसियाली मोडलहरूको संख्यामा पनि वृद्धि भैरहेको छ । मसँग मेरी ६ वर्षकी भान्जी छिन्, आम केटीजस्तै उनलाई म्यागजिनको कभर पेजमा आउन मनपर्दैन । समयको गतिमा जब उनी १६ वर्षकी हुनेछिन्, विश्व त्यतिबेला धेरै परिवर्तनशिल भैसकेको हुनेछ ।

फेसन प्रकृतिको चक्रजस्तै हो । तर, तपाईलाई एउटा उत्तर छान्न भनियो भने, कुन एउटा फेसन तपाईं दोहोरिएको हेर्न चाहनुहुन्न ?
तिमी महिलाहरू जो एकदमै छोटो र एकदमै टाइट ड्रेस लगाएका छन् । जब म टेलिभिजन रियालिटी सोमा उनीहरूलाई हेर्छु, अनि दुःखित हुन्छु । जहाँ महिलालाई झनै होच्याइएको छ र असंख्य फ्यान बटुलेको भ्रममा उत्सव मनाइएको छ । म यस्तो कथित फेसनको पुनरावृत्ति रुचाउँदिन ।

तस्विर र टेक्स्टलाई मैले टाइम म्यागजिनको स्तम्भबाट लिएको हुँ । दश प्रश्न भनिएपनि मैले सान्दर्भिक प्रश्नोत्तरलाई मात्र समेटेको छु ।

No comments:

Post a Comment