Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Friday, February 15, 2013

कोरियन पप गायिकाले नेपालमा स्कुल खोल्ने

विष्णु शर्मा
१५ फेव्रुअरी, २०१३


दक्षिण कोरियाली चर्चित पप गायिका बेइक जी योङले नेपालका बालबालिकालाई सघाउन विद्यालय खोल्ने भएकी छिन् । यसका लागि उनले आउँदो आइतबार राजधानी सियोलमा सातवर्ष पछिकै पहिलो कन्सर्ट आयोजना गर्दै छिन् । कन्सर्टबाट उठेको पैसाले विद्यालय खोल्ने छिन् । उनी कन्सर्टमा व्यस्त भैरहेको बेला नेपालमा बालबालिकाका लागि योङले स्कुल खोल्ने खबर बाहिर आएको हो । यो समाचार शुक्रबार ट्वीटरमा उत्कृष्ट समाचार बनेको छ । पपगीतसम्बन्धी वेभसाइट एलेकपपले यो समाचार पहिलोपटक लेखेको हो ।




कन्सर्टमा भाग लिने दर्शक र उनका फ्यानहरूले योङको यो अभियानमा डोनेसन गर्न सक्नेछन् । आर्थिक सहयोग गर्नेहरूलाई उनले सीडी र टिसर्ट बाँड्नेछिन् । संकलित पैसालाई विद्यालय खोल्न लगाइनेछ । नेपालको कुन स्थानमा स्कुल खोलिने हो बताइएको छैन । सन् १९९९ देखि चर्चामा आएकी योङ कोरियामा रुचाइन्छिन् । केपप, आरएन्डबी जस्ता जनरामा गीत गाउने उनी नेपाल आउने पनि जनाइएको छ ।


No comments:

Post a Comment