Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Tuesday, February 19, 2013

धत ! यस्तो पनि ओस्कर अवार्ड हुन्छ ?

विष्णु शर्मा
१९ फेव्रुअरी, २०१३


जब ओस्कर अवार्ड नजिकिन्छ, म प्रायः त्यसको प्रेडिक्सनमा लाग्छु । प्रेडिक्सनमा आधारित रहेर मैले कैंयन ब्लग लेखिसकेँ । तर, यसपटकको ओस्कर अवार्ड घन्टामा काउन्टडाउन सुरु भैसक्दा समेत त्यसको प्रभाव र धुकधुकी ममा बढ्न सकेको छैन । म मात्र होइन, सिङ्गो एसिया यसपटकको ओस्कर अवार्डलाई लिएर त्यति मुडी भैसकेको छैन । यस्तो लाग्छ –यसपटकको एकेडेमी अवार्ड युरोप र अमेरिकी पुरस्कारमात्र हो । हलिउडको ठूला बजार चीन र भारतमा समेत ओस्करको ज्वरो छैन । बरु, उनीहरू ज्याकी च्याङ र आङ लीको पिटर पार्करमै मजा लिइरहेका छन् ।

एसियाली दर्शक ओस्करबाट प्रभावित नहुनुमा दुई कारण प्रमुख छन् । पहिलो –यसपटक अवार्डमा छानिएका ९८ प्रतिशत फिल्म एसियाली बजारमा रिलिज नहुँदा दर्शकले हेर्नै पाएका छैनन् । अब नहेरेको फिल्मलाई लिएर कसरी मजा लिने ? दोस्रो –एसियाली दर्शक मसाल अर्थात पपर्कन फिल्म हेर्नुमा जति मजा लिन्छन् ‘लिंकन’जस्तो सिरियस स्टोरीमा उनीहरूलाई मतलब छैन र पैसा तिर्न चाहँदैनन् । किनकी ‘लिंकन’ अमेरिकाको कथा हो, अब्राहम लिंकनको गुणबाहेक त्यो फिल्मसँग एसियाको गोरु बेचेको साइनो पनि छैन । ताइवानकै ‘लाइफ अफ पाई’ले केही बिजनेस त ग¥यो तर त्यो सबथोक होइन ।

चीन, ताइवान, भारत, कोरिया र जापानजस्तो मुलुकमा एक्सन, कमेडी र लोकल गुणका फिल्म प्रीतिकर लाग्छन् । तर, यसपटक ओस्करमा छानिएका अधिकांश फिल्म एक्सन र कमेडीयुक्त छैनन् । यसपटकको ओस्कर वैकल्पिक धार अर्थात आर्ट्स फिल्ममा टिकेको छ । हामीले यसपटकको ओस्करमा खोज्ने सान्दर्भिकता र औचित्य भनेको हलिउडको स्टोरी टेलिङ नै हो । यसका लागि आउँदो आइतबार सम्म त कुर्नैैपर्छ । आज मंगलबार एकाविहानै स्टार वल्र्ड च्यानलमा ‘टाइटानिक’लाई फेरि हेरेपछि मेरो ओस्कर ज्वरो भने बढेकै छ ।

No comments:

Post a Comment