Bisnu Sharma

Bisnu Sharma
Kathmandu

Wednesday, February 20, 2013

महावीरलाई अघि सार्न बाबुराम कस्सिए


विष्णु शर्मा
२० फेव्रुअरी, २०१

महावीर पुनलाई म बाँकी नेपाललाई सूचना प्रविधिसँग जोड्ने अभियन्ताको रुपमा लिन्छु र चिन्छु । म्यागासेसे बिजेता उनै महावीरले बनाएको उत्तर म्याग्दी यतिबेला टेक्नोलोजी पण्डितहरूको तीर्थस्थलजस्तै बनेको छ । काम गर्दै जाने र फलको आशा नगर्ने पुनको निस्वार्थ लगनशिलताबाट तन्नेरीपुस्ताले सिक्नुपर्ने धेरै छन् । म यतिबेला छक्क छु, कार्यकारी प्रमुख बाबुराम भट्टराईले इनोभेसन सेन्टर स्थापना गर्न महावीरको साथ मागेका छन् । सरकारले अघि बढाउन लागेको यो महत्वाकाङ्क्षी परियोजनालाई हाँक्न भट्टराईले महावीरलाई आग्रह गरेका छन् । महावीरले प्रधानमन्त्रीको आग्रहलाई इमेलमार्फत मिलेर अघि बढिने भनेर जवाफ दिएका छन् ।



‘म यतिबेला इनोभेसन सेन्टरलाई कसरी अघि बढाउने भनेर अन्यौलमा छु । कसैले यसप्रति वास्ता गरेका छैनन् । कृपया मैले पठाएको इमेल पढ्नुस’ केही दिनअघि ट्वीटर खोलेका महावीरले भट्टराईलाई ट्वीटर म्यासेज लेखेका छन् । प्रविधि बुझेका भट्टराईले काममा साथ दिन महावीरलाई आग्रह गर्नु एउटा छक्क लाग्ने कुरा नै हो । जुन कुरा महावीरले प्रचण्ड प्रधानमन्त्री हुने बेलादेखि नै भन्दै आएका थिए । आखिर पुन र सरकारको कुरा मिल्नु स्वागतयोग्य हो । ढिलोचाँडो पुनले दसवर्षअघि देखेको सपना बल्ल आएर सरकारले देख्न थालेको छ । यस्तो लाग्छ –सरकारभन्दा महावीर एकपाइला अघि छन् ।’

प्रविधि विस्तारमार्फत समाज विकासको काममा महावीरलाई सँगै अघि लैजानु राम्रो हुन्छ । पुन यतिबेला नेपाल वायरलेसका अध्यक्ष पनि छन् । किनभने महावीरको सिङ्गो जीवन नेपालका दुर्गममा बेतारे संजाल पु¥याउने काममा सक्रिय छ । उनको अनुभवलाई सरकारले दुर्गममा इ–कमर्स, इ–एजुकेसन, इ–मेडिसिन पु¥याउने काममा प्रयोग गर्नुपर्छ । अहिलेको पुस्ता काठमाडौंबाट जिल्लातिर फर्कन नचाहिरहेको बेला अमेरिकाबाट पढाउने पेशा छाडेर दुर्गम नेपालमा फर्कने महावीरको त्याग र उदाहरणलाई राष्ट्रहितमा प्रयोग गर्नुपर्छ । नयाँ नेपाल बनाउने र प्रविधि क्रान्ति गर्ने प्रस्थानविन्दु महावीर पुन बन्न सक्छन् । यसमा ढिला नगरौं ।  

No comments:

Post a Comment